बडीगाड गाउपालिका दर्लिङको गंगरेमा पिकअप जिप दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते !

बिमल खड्का, बुर्तिबाङ २०७४ माघ १ । आज माघे सक्रान्तिको बिहान बडीगाड गाउपालिका वडा न १० गंगरेमा पिकअप जिप दुर्घटना भएको छ । बागलुङ, गुल्मी र प्युठानको सिमानामा रहेको गगरेबाट ना अ प १०३८ नम्बरको नयाँ पिकअप ४ जना यात्रु सहित दर्लिङ तर्फ आउदै गर्दा बाटो मै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जीप र मृतकको तस्वीर ।
दुर्घटनामा बडीगाड वडा न १० दर्लिङका अन्दाजी ३४ बर्षिय मेख बहादुर बुढाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन ।
घार्इते हुनेमा बडीगाड ९ की ४५ बर्षिय पुनम बुढा बडीगाड १० का बर्ष २६ का डिलेन्द्र बुढा र चालक प्युठान ५ अर्खाका जितेन्द्र राना रहेका छन ।

घाईते ३ नै जनालाई एम्बुलेन्सबाट उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिए । पिकअप बिहान ५.३० बजे दुर्घटना भई सडक भन्दा १२ फिट तल खसेको बताईएको छ।

दुर्घटनाको कारण भने अनुसन्धान पछि खुल्ने प्रहरीले जानकारी दिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.