घिउ, तरुल, गुँड, तीलको लड्डू खाएर मनाईने नेपालीहरुको महान चाड ‘माघे सक्रान्ति’ आज !

बागलुङ २०७४ माघ १ । माघे सक्रान्ति पर्व बागलुङ जिल्लाका विभिन्न नगर तथा गाउपालिकाका विभिन्नस्थानमा घीउ, तरुल, गुँड, तीलको लड्डु खाएर मनाउने गरिन्छ । धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यस दिन पवित्र नदीहरुमा स्नान गरी पूजा पाठ गरेर घिउ, तरुल, गुँड, तीलको लड्डू खाएर मनाउने नेपालीहरुको परम्परा रहेको छ । ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ’ भन्ने धर्मसिन्धुमा लेखिएको छ ।

ज्योतिष शास्त्रका अनुसार माघे सक्रान्तिका दिन देखी सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर सक्रान्ति भनिएको हो ।

कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालको चितवनको देवघाट , नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, म्याग्दी, बागलुङ र पर्वतका कालीगण्डकी तटीय धार्मिक स्थलहरुमा स्नान गर्ने र मेला भर्नेहरुको बिहान सवेरै देखी ठुलो भीड लागेको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउपालिकाको निसी र साविक देविस्थानमा यस अवसरमा स्थानीय संस्कृतिमा आधारित मेला लाग्नेगर्छ । साविक निसीमा लाग्ने माघीपर्वमा पुतली नाँच नाँचिन्छ भने देविस्थानमा होरे मेला लाग्छ ।

नेपालको समस्त भूभागमा बसोवास गर्ने क्षेत्री, ब्राह्मण, मगर, छन्त्याल, नेवार, राई, लिम्बु, थारु लगायत सबै जातजातिले आआफनै परम्परा र सस्कृति अनुसार अति महत्वका साथ मनाउने एउटै पर्व हो माघे सक्रान्ति । आज माघ महिनाको पहिलो दिन अर्थात माघे सक्रान्तिलाई मकर सक्रान्ति माघी आदि नामले पुकारिने गरिन्छ । यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ।

अवसरमा म्याग्दीको सदरमुकाम वेनीबजारमा मगर तथा छन्त्याल समुदायले आआफनै ढंगले विभिन्न झाँकी सहितको जुलुसले नगर परिक्रमा गरेर उत्साहपूर्वक माघे सक्रान्ति पर्व मनाउछन् । मगर समुदायको बाहुल्यता रहेको म्याग्दीमा माघे सक्रान्ति पर्व निकै दर्शनीय मानिन्छ ।

उता थारु समुदायमा यसलाई माघी भनिन्छ । यस दिन थारु समुदायले मासको दाल र चामल मिसाइएको खिचडी ९माघी० खाने चलन छ।

तस्वीर- कुसुम थिङ, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.