अमर क्याम्पस बिहुँको छैठौँ बार्षिक साधारण सभा एवं बृहत् भेला सम्पन्न,

भरत सापकोटा, बागलुङ २०७४ माघ १ । काठेखोला गाउँपालिका वडा न ५ बिहुँ बुढीदेउराली स्थित अमर क्याम्पस प्राङ्गणमा क्याम्पसको छैठौँ बार्षिक साधारण सभा एवं बृहत् भेला सम्पन्न, भएको छ ।

२०६८ साल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरि सन्चालमा ल्याईएको यस क्याम्पस सन्चालनको लागि आर्थिक तथा भौतिक समस्या साथै विद्यार्थी अभाव देखिएपछि समग्र समस्या समाधानको लागि २०७३ मंसिरमा विराट माहायज्ञको आयोजना गरि रु ३ करोड आर्थिक सहयोग संकलन गरिएको थियो । संकलित रमकलाई परिचालन गरि क्याम्पस भवन निर्माण कार्यलाई तिव्रता दिईएको बताउदै क्याम्पस प्रमुख केशव कडेंलले बार्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कुल आम्दानी २ करोड ७४ लाख ६०हजार २ सय २३ रहेको कुल खर्च ५० लाख रहेको बताएका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथि बयोबृद्ध जयलाल कडेंल र बिशिष्ट अतिथि क्याम्पस संस्थापक सदस्य मणिभद्र शर्मा कडेंलले क्याम्पस सन्चालनमा विभिन्न किसिमका बाधा व्यवधान भएपनि सबै मिलेर क्याम्पस सन्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । यस क्षेत्रमा संन्चालित माध्यमिक बिद्धयालयहरु संग समन्वय गरि अन्य क्षेत्रका बिद्यार्थीहरुको बिषय र संभाव्यता लाई अध्ययन गरि अघि बढ़ेमा क्याम्पस संन्चालनमा कठिनाई नहुने उनीहरुको भनाई थियो ।

काय्रक्रममा गाउँपालिकामी कार्यकारी अधिकृत सीता न्यौपाने वडा न ५ का वडाध्यक्ष शिव प्रसाद कडेंल संस्थापक सदस्यहरु कमलापति कडेल, डिल्लि प्रसाद कडेल, संन्चालक समिति सदस्य लिलाधर कडेल, धौलीगिरी बहुमुखी क्याम्पसका प्रध्यापक रामराजा कडेंल, अमर माध्यमिक विद्यालय का प्र अ भिष्म कडेल, नि प्र अ रधुपति शर्मा कडेंल भीमसेन क्याम्पसका प्राध्यापक हिरा कडेंल, बरिष्ठ चन्दादाता ज्ञानकुमारी श्रीस शर्मा, पुर्व क्यापस व्यवस्थापान अध्यक्ष नविन कडेल, अभिंभावकहरुको तर्फ देखि महेन्द्र कडेल र प्रम पुनले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमा संस्थापक सदस्य एवं कर्लिम आधारभुत बिद्धालय का प्र अ गौरिशंकर सुवेदीले स्वागत गरेका थिए ।

सो कार्यक्रम संन्चालन सोहि क्याम्पसका प्रध्यापक कृष्ण प्रसाद कडेंलले गरेका थिए भन कार्यक्रमको सभापतित्व ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसादकडेंलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.