संस्कृतिको संरक्षणमा युवाहरुको सक्रियता आवश्यक – कँडेल

कोपिला कंडेल, बागलुङ २०७४ माघ १ । नेपाली कांग्रेसका पुर्व पार्टी सभापति एबं महाधिवेशन प्रतिनिधी मणिभद्र शर्मा कंडेलले लोपहुदै गैरहेको संस्कृतिको संरक्षण गर्नका लागि युवाहरुले बिशेष भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

काठेखोला गाउंपालिका अन्र्तगत भिमपोखरा २ सिमसिम युबाक्लवव्दारा आयोजित माघे संक्रान्ति मेलाका अवसरमा कँडेलले कला संस्कृति र परम्पराको संरक्षण र बिकासका लागि युवा वर्गले बिशेष भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले समाजमा हुने हरेक बिकृति र बिसंगती बिरुद्ध युवाहरु एक हुनुपर्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति चिरञ्जीवी गौतम, स्वबियु सभापति मनिष थापा, नेबि सघं जिल्ला सदस्य रामचन्द्र गौतम, नेपाली कांग्रेस भिमापोखराका सभापति सम्मर बहादुर थापा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षता, कोषाध्यक्ष महेन्द्र थापाको स्वागत मन्तब्य र सचिव गंगा थापाको संचालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा कांग्रेसका पुर्ब पार्टी सभापति मणिभद्र शर्मा कंडेल प्रदेश शभा सदस्यको समानुपातिक सुचीमा पर्न सफल भएको भन्दै सिमसिम युबाक्लवले सम्मान समेत गरेको थियो ।

त्यसैगरी मेलालाई प्रायोजन गर्ने ब्याक्ति तथा सघंसंस्थालाई समेत सम्मान गरेको आयोजकले बताएका छन । मेलामा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम संमेत संचालन भैरहेको क्लवका अध्यक्ष थापाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *