बरेङ डाँडाकटेरीको २ घरमा आगोलागी, धनमाल जलेर नष्ट ६ लाख बराबरको क्षती !

शेखर थापा, बागलुङ २०७४ माघ १ । बागलुङको बरेङ गाउपालिका वडा न २ डाडाकटेरी स्थीत २ घरमा आगोलागी भएको छ । स्थानीय होम बहादुर राना र गिर बहादुर रानाको घरमा आईतबार मध्यान्न आगोलागी हुदा घरमा रहेका सम्पुर्ण धनमाल जलेर नष्ट भएको छ भने आगलागिबाट करीब ६ लाख बराबरको क्षती भएको छ ।

गिर बहादुर रानाको घर भरर्खर छाईएको र पुरानो खर अगेनामा जल्ने क्रममा अचानक आगो घरको छानोमा सल्किएर आगोलागी भएको थियो भने सोहि आगोले नजिकै रहेको होम बहादुर रानाको घरमा पनि सल्किएको थियो । आगोलागीको सूचना पाउदा बित्तिकै इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट प्रहरी सहायक प्रहरी निरीक्षक धन बहादुर थापाको कमाण्डमा गएको प्रहरीको ५ जनाको टोली र स्थानीयको प्रयासमा आगो नियन्त्रण लिइएको थियो । अन्नपात, लत्ताकपडा, भाडाकुडा, सुन र नगद सहित गिर बहादुर रानाको २ लाख ५० हजार र होम बहादुर रानाको ३ लाख ५० हजार बराबारको क्षती पुगेको प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिए।

पीडित गिर बहादुर रानाको श्रीमती र १ छोरा तथा होम बहादुर रानाको श्रीमती सहित १ छोरा र १ छोरी रहेका छन् भने पीडित दैब बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा कार्यरत छन् । हाल पीडितहरु आफन्तकोमा आश्रय लिएर बसिरहेको र सक्दो राहतका लागि सबैमा अनुरोध गरिएको त्यहाँबाट मिना कुवर छन्त्यालले जाछननकारी दिएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.