सातौ वार्षिकोत्सवको अवसरमा सोमवार विहान रेडियो सारथीको आफ्नै भवनको शिलान्यास !

कमल पौडेल, खर्वाङ, बागलुङ २०७४ पुस ३० । बागलुङ जिल्लाको पश्चिमकै पहिलो रेडियो, रेडियो सारथी १०७.४ मेघाहर्ज ले भोलि माघ १ गते सातौं वार्षिकोत्सव मनाउँदै छ। २०६७ साल माघ १ गते देखि परिक्षण प्रसारण सुरु गरेको रेडियोले सातौ वार्षिकोत्सवको अवसरमा आफ्नै भवनको शिलान्यास गर्न लागेको अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिए ।

बडीगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाइजाले शिलँन्यास गर्ने कार्यक्रम रहेको रेडियोले जनाएको छ। आठौं वर्षमा प्रवेश भएको रेडियो एफ.एम. व्याण्डमा १०७.४ मेघाहर्जमा १८ घण्टा तथा अनलाईन धधध।चबमष्यकबचबतजष्।अयm।लउ , मोवाइल एप्लिकेसन, हाम्रो पात्रो, डिजिटल नेपाल लगाएतका मिडियामा २४ सै घण्टा प्रशारण हुँदै आएको छ। शान्ति, सम्वृद्धि र समुन्नत समाजको लागि रेडियो सारथी भन्ने मुल नारा रहेको रेडियोले विविध जनचेतनामुलक, सुचनात्मक तथा मनोरन्जनात्मक कार्यक्रम संचालन गर्दै आएको छ।

सिलन्यास कार्यक्रम विहान ८ वजे वडिगाड गाउँपालिका वडा नं. २ को दनिया, सारथी डाँडाँमा हुने जनाइएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *