प्रशस्त जलश्रोत भएकोले सबै मिलेर विद्युत उत्पादनमा लाग्न मेयर सापकोटाको आग्रह !

कौरव खत्री, गुल्मी २०७४ पुस ३० । गुल्मीको परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मुसिकोट नगरपालिका वडा नं. ७ वामी र १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सहकारीले सञ्चालन गरेको विद्युतलाई वृद्धि े हाइड्रो पावर उत्पादन गर्ने श्रोत भएको हुदा यसमा सबै मिलेर जानु पर्ने बताए ।

प्रमुख अतिथि समेत रहेका मेयर सापकोटाले सहकारी भनेकै पुंजी निर्माण गरेर पुंजीको उचित परिचालन गदै अन्य निजि तथा वित्तीय संस्थाले भन्दा पनि उपभोक्क्ताहरुलाई सरल र सहज तरिकाले सस्तो व्याजदरमा ऋण प्रदान गर्दै सहकारी सबैको साझा संस्था भएकोले संस्थामा बचत बढाउन समेत आग्रह गरे ।

साथै मेयर सापकोटाले सहकारी मार्फत सञ्चालित जलविद्युतलाई आवश्यक सहयोग र थप व्यवस्थित र नियमित बनाउन नगर तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं वडा अध्यक्ष प्रकाश काफ्लेले सहकारी शिक्षामा जोड दिदै सहकारीले उत्पादनमुलक र आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्न जोड दिदै स्थानीय सरकार जनताको घरदैलो नजिक आएकोले नगरले यस्ता रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु ल्याएको हुदा यस्ता सेवा सुविधाहरु उपभोग गर्न जनताहरुलाई आग्रह गरे ।

वक्ताहरुले सहकारी मार्फत सामाजिक परिवर्तन सम्भव हुने भन्दै सवै सदस्य सचेतता पुर्वक लाग्न आग्रह गरेका थिए ।

कार्यक्रम सहकारीका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति सदस्य लिलाधर घिमिरेले ५ करोड,४९ लाख,८५ हजार,१ सय,६० रुपैया बरावरको पूंजी सहित आर्थिक कारोवार रहेको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०४९ सालमा ३६ जनाबाट सुरु भएको सहकारी संस्थामा गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङ्गको वडिगाड गाँउ पालिका गरि हाल १ हजार ९सय, १५ जना शेयर सदस्यहरु रहेका छन् ।

संस्थाले विद्युतको क्षेत्रमा आर्थिक लगानी गरेर १ सय,३५ किलोवाट क्षमताको विद्युत उत्पादन र लागी सदस्यहरुलाई बचत तथा ऋण प्रदान गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *