जम्बो टोलीको छड्के अनुगमनः म्याद सकिएका ५ सय ग्रामका २ वटा डाबर हनि नष्ट !

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस ३० । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा शनिवार छड्के अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख तथा एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नीरीक्षक कृष्ण राना उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ , जिल्ला प्रशासन कार्यलयका कर्मचारी, उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका पदाधिकारी तथा पत्रकार लगायतको जम्बो टोलीले बुर्तिबाङ बजार अनुगमन गरेको हो ।

बेला मौकामा उपभोक्ता मन्चले गर्ने अनुगमनबाट पीडित बुर्तिवाङका व्यापारीहरुलाई शनिवारको जम्बो अनुगमन टोलीले पसलहरुमा मुल्यसुची , ब्यवसाय दर्ता नबिकरण, नापतौल सामाग्री दुरुस्त भए नभएको , त्यस्तै सामानको गुणस्तरीयता , लगायतको चेक जाच गरेको थियो ।

चेकजाँचका क्रममा भेटिएको लेवल नभएका, तौल कम भएका तथा गुणस्तरबीहीन बस्तुहरु बिक्रीवितरण नगर्न ब्यापारीहरुलाइ निर्देशन दिईएको थियो । अस्पतालमा प्रशासनिक प्रक्रिया एबं आधार तयार गरेर मात्रै गर्ने तथा सम्पुर्ण ब्याबसायीले प्यान नं देखीनेगरी राख्न अनुरोध गरिएको थियो ।

अनुगमनका क्रममा भेटिएका म्याद सकिएका ५ सय ग्रामका २ वटा डाबर हनि नष्ट गर्दै , अन्य बिभिन्न त्रुटीलाई सच्याउन निर्देशन सहित सल्लाह सुझाब दिईएको छ ।

उपभोक्ताहरुले पनि सामान खरिद गर्दा सचेत भइ लेबल ,तौल लगाएत एकिन गरेर मात्र सामान खरिद गर्न अनुगमन टोलीले आग्रह गरेको छ ।

यसैबिच मेलापर्बका बेलामात्रै अनुगमनका लागी टाली आउने र ब्यासायीलाई दुख दिने गरेको ब्याबसायीको गुनासोबारे सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले, चाडपर्बका बेला उपभोक्ताले मीठो मसीनो खान खोज्ने र धेरै सामान खरिद गर्ने हुँदा उपभोक्ता नठगीउन भन्ने उद्धेश्यले चाडपर्बका बेला अनुगमनलाई बिशेष प्राथामिकतामा राखिएको बताए ।

अनुगमन सहायक प्रजिअ पाण्डेले यदि गुणस्तरहीन तथा उपभोक्तालाई प्रतक्ष्य असर पार्ने सामान भएको थाहा पाएमा ब्यापारी आफैले नष्ट गर्न सुझाब दिएका थिए ।

टोलीले स्वास्थ्य क्षेत्रलाई लिएर देखाएको चासोलाई भने स्थानीयले सह्राहना गरेका छन् । केहि समय देखी स्वास्थ्य क्षेत्रलाई लिएर स्थानीयको चासो बढी रहेको अवस्थामा अनुगमन टोलीले अनियमितरुपमा सन्चालित स्वास्थ्य संस्थाहरु कार्बाहीगर्ने चेतावनी दिएकोलाई उपभोक्ताहरुले सकारात्मक भनेका छन् ।
सोही अबसरमा ब्याबसायीका तर्फबाट लेबल राख्न नसकिने सामान चामल तथा साबुन जस्ता समानलाई फ्याट्री मै गएर सचेत गराउनुपर्ने ,त्यहाँपनि अनुगमन गर्नुपर्ने, तथा यस क्षेत्रमा उपभोक्ता शिक्षा पनि सञ्चालन गर्न माग गरेका छन् ।

सो अवसरमा नगरप्रमुख देबकुमार नेपालीले उपभोक्ता शिक्षाका लागी नगरपालिकाबाट पनि बजेट बिनियोजन गर्ने बताएका थिए ।

उपभोक्ताहरुले भने उपस्थिती जनाउन मात्र गरिने यस्ता खाले अनुगमन कार्यले उपभोक्ताहरुको हितलाई सम्वोधन गर्न नसक्ने बताएका छन् । मौका मौकामा उपभोक्ता मन्च नामका संस्थाका मानिसहरु आएर सताउने गरेको पीडानुभूति गरिरहेका व्यापारीहरुलाई भने सहायक प्रजिअ पाण्डेको सल्लाह र निर्देशनले राहत मिलेको भएपनि बास्तविक उपभोक्ताहरु भने व्यापारीहरुको मारबाट नबच्ने उनिहरुको गुनासो छ ।

उपभोक्ताहरुको हित विपरीतका काम गर्ने जो सुकै व्यापारी भएपनि कानूनको दायरमा ल्याईनु पर्ने उपभोक्ताहरुको माग रहेको छ । दुई सिसी हनी नष्ट गर्नकै लागि जम्बो अनुगमन टोली किन ? भन्ने प्रश्न बुर्तिवाङ क्षेत्रमा सुनिन थालेको छ । यति काम त ईलाका प्रशासन कार्यालय बुर्तिवाङले गरे भैहाल्छ स्थानीयवासीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *