स्थानीय सहकारीसंगको सहकार्यमा गरिवी/बेराजगारी हटाउन एक्यवद्ध भै कार्यगर्ने प्रतिवद्धता

घनश्याम गौतम, गल्कोट २०७४ पुस ३० । स्थानिय सरकार संगको सहकार्य र एकता,सहकारी मैत्री कानुन र कार्येबिधी आजको आबश्यकता भन्ने नाराका साथ सयपत्री बहुउद्देशिय सहकारी सस्था लिमिटेड गलकोट नगरपालीका बडा नम्बर ४ को ११ औ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गदै गलकोट नगरपालिका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाले तिन खम्बे अर्थ निति अगिंकार गरेको बताउदै आगामी बिधेयक अधिबेशनबाट गलकोटका सहकारी मैत्री स्थानिय सहकारी ऐन पारित गर्ने जनाकारी दिए । उनले स्थानिय सहकारी संगको सहकार्यमा गलकोटको गरिबी र बेरोजगारी हटाउनको लागी एक्यबद्ध भएर काम गर्ने बताए ।

साधारण सभाको अबसरमा गलकोट नगरपालीकाका प्रमुख प्रसाशकीय अधिकृत प्रदिपचन्द्र सुबेदी, गलकोट सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मञ्जु शर्मा चालिसे, मल्म बहुउद्धेशयि सहकारी सस्था लिमिटेडका अध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालीका बडा नम्बर १ का अध्यक्ष नेत्र बुढाथोकी, बडा नम्बर ४ का अध्यक्ष बलबहादुर खत्री, लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सभामा सहकारीका सचिब हेमराज गैरेले सस्थाको प्रगति प्रतिबेदन, लेखा समिति सयोजक डम्मर बहादुर खत्रीले लेखा प्रतिबेदन तथा कोषाध्यक्ष ओमकार सुबेदीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

आर्थिक बर्ष ०७३।०७४मा सहकारिले १६ करोड १० लाख ६ हजार ६ सय ६५ रुपैया कुल निक्षेष संकलन, १६ करोड १३ लाख ९९ हजार ६ सय ३ रुपैया कुल निक्षेप र्फिता गरेको , ८ करोड ५४ लाख ५ हजार रुपैया ऋण लगानि गरेको र ७ करोड ९० लाख ७१ ह्जार ७ सय ४२ ऋण असुल गरिएको उल्लेख गरिएको छ । कुल कुल १२ सय ७५ शेयर सदस्य रहेको सहकारिमा २हजार १एक ९१ खता सञ्चालनमा रहेको र १ करोड ६८ लाख २९ हजार ४ सय शेयर पुजिँ रहेको सहकारिले जनाएको छ । यो साधारण सभाबाट १५ प्रतिशन मुनाफा बितरण गरिने सहकारीका अध्यक्ष चिन्तामणि शर्माले जानकारि दिएका थिए ।

साधारण सभामा दैनिक बचता कर्ता ६ जना , मासिक बचत कर्ता ४ जना उत्कृष्ट ऋणी, ६ जना बिद्यार्थी छात्रबृत्ति ११ जना, उच्च शिक्षा छात्रबृत्ति ३ जनालाई प्रदान गरिएको थियो ।

यस्तै सर्बोत्तकृष्ट कारोबार कर्ताको रुपमा धनबहादुर केसी, उत्कृष्ट कर्माचारीको रुपमा लेखापाल सुबीका सुबेदी, ६ जना पुर्ब सञ्चालकलाई सम्मान गरिएको थियो । सहकारीको ११ औ साधारण सभाबाट आगामि आर्थिक बर्षमा आफ्नै भबन निर्माण गरि सेबा प्रदान गर्ने, युवा सोरोजगार कार्यक्रम सञ्चालन गर्ने, ब्यबसायिक कृषि तथा बजारीकरण आयोजना सञ्चालन गर्ने ज्येष्ठ नागरिक साहारा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको प्रबन्धक रबिलाल सुबेदीले जानकारी दिए ।

साधारण सभा सहकारिका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षता, उपाध्यक्ष टिकामाया गौतमको स्वागत तथा सचिब हेमराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *