एकीकृत अ ने शिक्षकसंगठनको जिल्ला सम्मेलन सफल बनाउन कार्य विभाजन

वीर चोखाल, गल्कोट २०७४ पुस ३० । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको छैठौं जिल्ला सम्मेलन सफल बनाउन गलकोटमा शिक्षकहरुले कार्य विभाजन गरेका छन । आगामी माघ १३ गते गलकोट हटियामा हुने सम्मेलनका लागि गलकोट नगर कमिटीको बैठकले चुडामणि शर्माको संयोजकत्वमा वीर बहादुर चोखाल, सचिव हेम बहादुर बुढाथोकी , विष्णुप्रसाद गौतम र खिमा अधिकारी सदस्य रहेको व्यवस्थापन सहयोग समिति गठन भएको छ ।

त्यसै गरी प्रचारप्रसार का लागि वडा न १ मा ब्रिन्द बहादुर खत्री र हिमलाल न्यौपाने , वडा न २मा माया रेग्मी र धनबहादुर पुन वडा न ३ मा खिमा अधिकारी र सम्मर दर्जी वडा न ४मा गोविन्द शर्मा र ददिराम न्यौपाने वडा न ५ मा भक्त बहादुर बिष्ट र गोरख सागर खत्री वडा न ६ मा हेम बहादुर बुढाथोकी र चिन्ता गौतम वडा न ७ मा वीर बहादुर चोखाल र विष्णुप्रसाद गौतम वडा नं ८ मा डिल बहादुर बुढाथोकी वडा नं ९ मा हुमलाल ढकाल र तुलबहादुर थापा, वडा न १० मा कासिराम बि क र ससिराम काउचा वडा नं १ १ मा सिर्जना घर्ती र भक्त बहादुर श्रीसलाई जिम्मेवारी दिएको नगर सहसचिव डिलबहादुर बुढाथोकीले जानकारी दिए ।

बैठकमा ने क पा माओवादी केन्द्र गलकोटका अध्यक्ष तिलक उप्रेतीले राजनीतिक प्रशिक्षण , एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश न का सचिव चन्द दत्त रेग्मी ले सांगठनिक प्रशिक्षण , नगर अध्यक्ष चुडामणि शर्माले आन्तरीक व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएका थिए
बैठक नगर कमिटी अध्यक्ष चुडामणि शर्माको अध्यक्षता सचिव हेमबहादुर बुढाथोकीको संचालनमा सम्पन्न भएको अर्थ सचिव टोपबहादुर रानाले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *