काँग्रेस र जनमोर्चाका तीन दर्जन भन्दा बढीकार्यकर्ता एमाले प्रवेश

कमल पौडेल, बागलुङ २०७४ पुस २९ । नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले राजनैतिक परिवर्तन सम्पन्न भएकोले अवको मार्ग आर्थिक सम्वृद्धिको भएको वताएका छन् । आज बडीगाड गाउँपालिका वडा नं. ७ रणसिंहको फोर्सामा नेकपा एमालेले गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रम मा सम्बोधन गर्दै पाईजाले सो कुरा वताएका हुन् ।

कार्यक्रममा पाइजाले रणसिंह प्राकृतिक श्रोत र साधनले भरिपूर्ण भएपनि भौगोलिक विषमताका कारण समस्या भएको भन्दै त्यसको विकासको लागी निरन्तर लागि पर्ने र जनतालाई सम्वृद्ध वनाउने उद्घोष गरेका थिए।

कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा निर्वाचित वडा अध्यक्ष यम वहादुर श्रीस, पूर्व जिल्ला कमिटि सदस्य जंग वलाल, निर्वाचित वडा सदस्यहरु खिम वोहोरा, भिम वहादुर वलाल, टेक माया पुन लगाएतले वोल्नुभएको थियो। कार्यक्रममा नेपाली काग्रेस तथा जनमोर्चा परित्याग गरि ४३ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कार्यक्रम टिका वहादुर पाइजाको अध्यक्षता, निलमाया पाइजाको स्वागत मन्तव्य तथा जिवन प्रकाश काउचाको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.