Sorry, that menu does not exist.
 

अखिल क्रान्तिकारी धौलागिरी क्याम्पसको बैठक सम्पन्न !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ २२ । धौलागिरि बहुमुखी क्याम्पस विद्यार्थी संगठन नेकमा माओवादी केन्द्र निकट संगठन अखिल क्रान्तिकारीको बैठकमा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारिका केन्द्रीय सचिव कुशल पौडेलले क्रान्तिकारी संगठनले स्ववियु निर्वाचनमा उमेरको हद तोकेर राजनितीक पार्टीका कार्यकर्ता भर्ना गरेर विद्यार्थीको नेतृत्व गर्ने परिपाटी हटाएको बताउदै संगठनमा आवद्द्ध भएर लाग्न अनुरोध गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजिव घिमिरे अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य जीवन शर्मा लगाएतले बोलेका थिए ।

बैठकले विकास शर्माको संयोजकत्वमा ५४ सदस्यीय जिल्ला सम्मेलन समिति बनाएको छ । सहसंयोजक विदुर रेग्मी ,महिला संयोजक हिमाली रोका र लालमती रोका, स्वयंसेवक संयोजक सुरज विश्वकर्मा र आनन्द शर्मालाई जिम्मेवारी दिएको छ । कार्यक्रम विदुर रेग्मीको अध्यक्षता विकास शर्माको स्वागत र खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply