मुक्तक : मेरो यस्तो सपना छ, जो तिमी बिना पुरा हुँदैन !

साँझ बिहान, दिन–रात तिम्रो बाहेक कुरा हुँदैन,
मेरो यस्तो सपना छ जो तिमी बिना पुरा हुँदैन,
संस्कारलाई तिलान्जली दिंदै सर्वश्व सुम्पन पनि सक्तिन,
जहिले सम्म शिरमा सिंदुर र हातमा चुरा हुँदैन ।

***

तिमीले नै अंकमाल गर्यौ मेरो कुनै दोष थिएन,
तिमी पनि बेहोस थियो मेरो पनि होस थिएन,
जे गर्यौ केबल खुसीको लागी मात्र गरे होऊला,
धड्कन मात्र बढेको थियो कुनै आक्रोस थिएन ।

***

मैले हुन्न भन्दा भन्दै कर गर्यौ र त हो नि,
ढुङ्गालाई माटो जस्तै भर गर्यौ र त हो नि,
भनेकै थिएँ भो मलाई नछोऊ भनेर,
मरिहत्ते गरी आफै रहर गर्यौ र त हो नि ।

राजेन्द्र ढकाल
धौलागिरी एफएम,
२०७४ पुस २८ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.