पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवको समापन आज !

महेन्द्र केसी, पर्वत २०७३ माघ २२। यहि माघ १३ देखि शुरु भएको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । पाँचौ पर्वत महोत्सव विभिन्न कारणले हालसम्मकै आलोचित र बिबादित बन्न पुग्यो।

विगतका महोत्सवहरु आर्थिक अपारदर्शीताका कारण चर्चामा आउने गरेपनि यो पाँचौ महोत्सव शुरु देखि नै अव्यवस्थित र असुरक्षित त देखियो नै खासगरी आयोजक संस्थालाई औद्योगिक मेला तथा महोत्सवको तत्ववोध नहुनु, यसका सन्चालक (संयोजक) को बालापनका कारण यसको औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको टिप्पणीहरु सार्वजनिक भएका छन् ।

महोत्सव मुल आयोजक समितिका सचिव ठाकुर वि पौडेले भने महोत्सवमा १ लाख ३० हजार दर्शकले प्रत्यक्ष अबलोकन गरेको दाबी गरेका छन् । उनले प्याकेज टिकटमा झण्डै तीन हजारको वितरण भएको बताए । प्याकेज टिकटमा पनि १ हजार शुल्क तिरेका दर्शक र बाँकी २ हजारमा कलाकार, पत्रकार, स्टलव्यापारी, आयोजक, सुरक्षाकर्मी रहेको उनले बताए । महोत्सवमा प्रत्यक्ष टिकट काटेर प्रवेश गर्ने झण्डै ४० हजार र ७ बर्ष मुनीका बालबालिकाका साथै प्याकेज टिकटका दर्शक गरी १ लाख ३० हजारको संख्यामा दर्शक रहेको उनले बताए । व्याकेज टिकट र नियमित टिकटबाट झण्डै २१ लाख (अनुमानित) रकम संकलन भएको पौडेलले जानकारी दिए ।

उता महोत्सवका टिकट व्यवस्थापनको चाँजोपाँचो मिलाएको पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले महोत्सवमा ६० को टिकट काट्नेको संख्या शुक्रबार साँझसम्म २८ हजार नागेको बताए । त्यस्तै विद्यार्थीको लागि बनाइएको रु ४० को टिकट काट्नको संख्या झण्डै ७ हजार पुगेको उनले बताएका छन् ।

महोत्सवको जिल्ला न्यायाधीश मोहनराज भट्टराईको प्रमुख आथित्यतामा आज समापन हुने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *