जिल्ला सहकारी संघ लिमिटेड बागलुङको अध्यक्षमा गौतम

बागलुङ, २०७४ पुस २८ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाले दीपक गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति र रुद्रबहादुर केसीको संयोजकत्वमा लेखा समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा अशोक गोविन्द राजभण्डारी, सचिवमा तेजेन्द्रबहादुर थापा, कोषाध्यक्षमा हुमा कुमारी जिसी (अञ्जु) सर्वसम्मत चयन भएका छन् ।

समितिका सदस्यहरुमा कविन्द्रप्रसाद शर्मा सापकोटा, ध्रुवप्रसाद शर्मा, खीमबहादुर कार्की, रतनप्रसाद मलेपति, चिन्तामणी शर्र्मा, सीता शर्मा र सुनिता विश्वकर्मा रहेका छन् ।

यस्तै लेखा समितिको सदस्यमा लिलादेवी खड्का र उत्तमबहादुर महत चयन हुनु भएको निर्वाचन अधिकृत तथा संघका पूर्व अध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संघका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठले वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष दिपक गौतमले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै जिल्लाका सबै सहकारी संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको जिल्ला सहकारी संघको भूमिकालाई थप प्रभावकारी र समन्वयकारी बनाउन आफ्नो टिम निरन्तर लाग्ने बताए ।

निर्वाचन समितिका तर्फबाट वधाई ज्ञापन गर्दै सयोजक रामबहादुर जिसीले सहकारी अभियानमार्फत समृद्ध समाज निर्माणका लागि जिल्ला सहकारी संघको सक्रियता र निरन्तरताका लागि लाग्न सुझाव दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *