अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा !

कविता घर्तिमगर, पोखरा २०७३ माघ २१ । शनिवार देखी पोखरामा संचालन हुने सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा माघको २९ गते सम्म सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

प्रतियोगितामा बिभागिय ३ टिम (नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल पुलिस क्लब), पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र भारतको उत्तर प्रदेश भलिवल संघ संगै ५ टोलीबाट महिला र पुरुष टिमको सहभागीता रहने र न्यु डायमण्ड एकेडेमीबाट महिला टोली साथै हेल्प नेपाल स्पोर्ट्स क्लबबाट पुरुष टोलीको सहभागीता रहने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका विजेताले महिला ÷पुरुष टोलीले एकलाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । त्यसै गरि उपविजेताले ७७ हजार ७ सय ७७ रुपैया, तेस्रो हुनेले ३३ हजार ३ सय ३३ कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने उनले बताए ।

त्यसै गरि महिला तथा पुरुष दुवैमा उत्कृष्ट खेलाडीले १० हजार, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सटर, वेष्ट डिफेन्स र वेष्ट सर्भले नगर ५ हजार रुपैया पाउने प्रतियोगिताका सचिवालय उपसमिति संयोजक डिबी नेपालीले जानकारी दिनुभयो । शनिवारको उद्घाटन खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब बिच हुने उनले बताए । प्रतियोगिताको उद्घाटन संसद विकाश समितिका सभापति रविन्द्र अधिकारीले गर्ने कार्यक्रम छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.