पौदी अरेवा कृषि सहकारी संस्था लिमिटेड, मुसिकोट वार्षिक साधारण सभा सम्पन्न

कौरव खत्री, गुल्मी २०७४ पुस २७ । पौदी अरेवा कृषि सहकारी संस्था लिमिटेड, मुसिकोट नगरपालिका वडा नं. १ अरेवा गुल्मीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्धप्रकास पौडेलले सहकारीको शेयरपँुजी र बचतमा बृद्धि गरेर सहकारीलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिए । प्रमुख अतिथि समेत रहेका पौडेलले कृषि सहकारी सानो भएता पनि छोटो समयमा राम्रै प्रगति गरेको भन्दै सहकारीले जन्मदैमा उत्कृष्ट कृषक र विद्यार्थीहरुलाई सम्मान गर्न सफल भएकोमा धन्यवाद दिए ।

कृषि सहकारी संस्थाका संस्थापक समेत रहेका पौडेलले अब कृषि सहकारीले आयआर्जन र उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिएर लगानी गनुपर्नेतर्र्फ जोड दिदै गरिवी निवारण गर्ने प्रमुख माध्यम नै सहकारी भएकोले सहकारी मार्फत हालेमालो गदै सबै सहकारीको वृद्धि विकासमा लाग्न आग्रह गरे ।
साथै उनले भावी दिनमा सहकारी मार्फत सुत्केरी भत्ता, मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष स्थापना गरि अगाडी बढ्न सहकारीलाई सुझाव दिए । पछिल्लो समयमा राज्यबाट पनि कृषि सहकारीमा विशेष जोड दिएकोले कृषि सहकारी संस्थालाई सबै मिलेर अगाडी बढाउन उनको आग्रह थियो ।
कार्यक्रममा जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्य,अमरावति सहकारी संस्थाका सञ्चालक रामचन्द्र खाती,शेयर सदस्य झविलाल आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले सहकारी उद्देश्य र सिद्धान्त अनुरुप अगाडी बढ्नु पर्ने भन्दै आर्यआर्जन र उत्पादनमुलक क्षेत्रमा सहकारीले आर्थिक लगानी गदै जानुपर्ने कुरामा जोड दिएका थिए ।

२०७० सालमा ३० जना कृषकहरुवाट सुरु भएको संस्थामा हाल १ सय १३ जना शेयर सदस्यहरु रहेका छन ्। ४३ लाख ९७ हजार,१सय,१८ रुपैया बरावरको आर्थिक कारोवार सहकारीले गदै आएको छ । उक्क्त साधारण सभामा शेयर सदस्यको रुपमा उत्कृष्ट पशुपालन गर्ने मुसिकोट नगरपालिका १ अरेवा निवासी दुर्गा बहादुर रायमाझी र सोही वडाकै उत्कृष्ट तरकारीखेती गर्ने शेयर सदस्य ओम बहादुर पुनलाई फुलमाला र दोसल्ला आडाएर सम्मान गरिएको थियो ।

यस्तै संस्थाले २०७३ सालको कक्षा ८ को जिल्ला स्तरीय परीक्षाबाट ७० प्रतिशत भन्दा बढि अंक ल्याउने मुनपा १ का शेयर सदस्य सिता रायमाझीकी छोरी शर्मिला रायमाझी र गत २०७३ को एसएलसी परीक्षामा वी प्लस ल्याउने वडाकै शेयर सदस्य ढाल बहादुर रायमाझीको छोरा निर्मल रायमाझी र कासिराम चालिसेको छोरा हरि चालिसेलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।

संस्थाले विविध कृषि र पशुजन्य कामको लागी सदस्यहरुलाई ऋण प्रदान गर्दै आएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष जीत बहादुर पाठकले आर्थिक बर्ष ०७३÷०७४ को कुल ४३ लाख,९७ हजार,१ सय,१८ रुपैया बराबरको आर्थिक प्रतिवेदनसँगै र भावी प्रस्तावित कार्यक्रकहरु प्रस्ततु गनुभएको थियो । भने संस्थाका सचिव सूर्य बहादुर पाठकले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।

चौथौ साधारण सभाले जीत बहादुर पाठकको अध्यक्षतामा ७ सदस्यीय कार्य समितिको पूर्णगठन गरिएको छ, समितिको उपाध्यक्षमा दुर्गा बहादुर रायमाझी सचिव सूर्य बहादुर पाठक,कोषाध्यक्ष ढाल बहादुर रायमाझी,सदस्यहरु लक्ष्मी गिरी,खड्क बहादुर विक,ललिता घर्ति रहनुभएको छ भने साधारण सभाले चुडामणी घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको समेत पूर्णगठन गरेको छ ।समितिका अन्य सदस्यहरुमा भूपेन्द्र रायमाझी,हेमकला पौडेल रहनुभएको छ । साधारण सभामा नगर सदस्य जुद्धवीर विक, वडा सदस्य गंगा श्रेष्ठ, पत्रकार महासघ गुल्मीका सदस्य कौरव खत्री,केवुल नेटवर्कका सञ्चालक लाल बहादुर नेपाली लगायत समाजसेवी महिला शेयर सदस्य लगायतको उपस्थिति रहेका थियो । साथै साही अबसरमा संस्थाका संस्थापक समेत रहनुभएका प्रमुख अतिथि पौडेललाई फुलमाला र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम कृषि सहकारीका अध्यक्ष जीत बहादुर पाठकको अध्यक्षता, संस्थाका उपाध्यक्ष दुर्गा बहादुर रायमाझीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन लेखा सदस्य भूपेन्द्र रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *