नेपालको एकीकरण एवं राष्ट्रियताको पक्षमा पृथ्वी नारायण शाहले खेलेको भूमिका स्मरणयोग्य !

कोपिला कंडेल, बागलुङ २०७२ पुस २७ । २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बागलुङमा पनि मनाईएको छ । पृथ्वी जयन्ती मुल समारोह समिति बागलुङले एक समारोहका बिच राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाएको हो । दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्वीर माथि माल्यापर्ण एबं अबिर र फुलमाला लगाएर श्रदाञ्जली समेत अर्पण गरिएको थियो ।

श्री ५ पृथ्वी जयन्ती मुल समारोह समिति बागलुङव्दारा आयोजित कार्यक्रममा बोल्दै बक्ताले राष्ट्र निर्माता पृथ्वी नारायण शाहले नेपालको एकीकरण एवं राष्ट्रियताको पक्षमा खेलेको भुमिका सदैव स्मरणयोग्य रहेको दाबी गरे । राष्ट्रीयता र मुलुकको बिकासका लागि पृथ्वीनारायण सरहको शक्तिशाली नेतृत्व राष्ट्रले नपाएको चर्चा गर्दै बक्ताले स्थाई शान्ति सम्मृद्धि र मुलुकको बिकासका लागि सबै सरोकारवाला एक हुनुपर्नेमा जोड दिए ।

२ सय ९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समितिले आयोजना गरेको प्रवचन कार्यक्रमका सहभागी बक्ताहरुले नेपाल एकीकरणका प्रतिक पृथ्वीनारायण शाह र उनको योगदानलाई भुल्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शाहको योगदान र भुमिकालाई कसैले पनि भुल्न नहुने बताएका थिए ।

बक्ताहरुले बिभाजित मानसिकता भन्दा पनि एकताको मानसिकताले शाहको योगदानलाई भुल्न नहुनेमा जोड दिएका थिए । उनिहरुले इतिहाँसलाई कसैले भुल्न र मेट्न खोजेर नमेटिने भन्दै पृथ्वी नारायण शाहको योगदान सवैको मस्तिष्कमा रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख बक्ता धौलागिरी बहुमुखी क्याम्पसका इतिहाँस बिभागका सहप्रध्यापक बिष्णु शर्मा मैत्रीयले पृथ्वीनारायण शाह नेपाल राष्ट्रको पर्यावाची शब्द भएकाले उनको योगदानलाई सदैव कदर गर्नुपर्ने बताए । उनले २०६२÷ ०६३ सालको जनआन्दोलनले दिवसलाई खारेज गरेर राष्ट्रिय एकताको अपमान गरेको प्रति दुःख व्यक्त गर्दै अहिले दिवस मनाउने सन्दर्भमा केहि लचकता अपनाएकोमा खुसी प्रकट गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्य, नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश गौतम, राप्रपाका सदस्य हेमराज पन्त, नयाँ शक्ति पार्टीका अध्यक्ष चित्र सापकोटा, समाजसेवी देबबहादुर श्रेष्ठ, साहित्यकार प्रेम छोटा, उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम समितिका संयोजक शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, सदस्य रमेशकुमार राजभण्डारीको स्वागत मन्तव्य र सचिव कृष्णराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा धौलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक बिष्णु मैत्रेयले राष्ट्र निर्माता पृथ्वी नारायण साहले नेपाल एकिकरणमा पु्याएको योगदान र शाहको जीवनीबारे प्रकाश पारेका थिए ।

कार्यक्रम पृथ्वी जयन्ती मुल समारोह समिति बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता, मुल समारोह समितिका सदस्य रमेस राजभण्डारीको स्वागत मन्तब्य र सदस्य सचिव कृष्णराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच नेपाल जनता पार्टी बागलुङले पनि राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २ सय ९६औ जन्मजयन्ती मनाएको छ । बागलुङ बजार स्थित वीरेन्द्र ऐश्वर्य पार्कमा एक समारोहका बिच दिवस मनाएको हो ।

सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै जनता पार्टीका सभापति तिलक बहादुर रिजालले मुलुक बनाउनका लागि पृथ्वी नारायण शाहको जस्तो अडान दृढ विश्वास हुनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका निवर्तमान सभापति टिकाराम साप्कोटाले पछिल्लो समयमा पृथ्वी नारायण शाहको आवश्यकता झन बढि खड्किदै गएको धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा सनराईज बोडिङ्ग स्कुलका बिद्यार्थीहरुले खेल प्रस्तुत गरेका थिए । कार्यक्रम जनता पार्टी नेपालका महामन्त्री चन्द्र क्षेत्रीको अध्यक्षता र केन्द्रिय सदस्य योगेन्द्र छन्त्यालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

पर्वतबाट सहकर्मी महेन्द्र केसीले सम्प्रेषण गरेको समाचार अनुसार पर्वत जिल्ला सदरमुकाम कुस्मा बजारमा पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ । पृथ्वी जयन्तीको अबसरमा राप्रपाले एक कार्यक्रमको आयोजना गरी श्री ५ बडामहाराजा पृथ्वीनारायाण् शाहको सझना गरेको हो । २९६ औ पृथ्वी जयन्तीको अबसरमा राप्रपा पर्वतले शिवालय माविमा रहेको दृष्टिविहिन श्रोत केन्द्रका बालबालिकाहरुलाई रेडियो उपहार प्रदान गर्दे दिवस मनाएको हो ।

उक्त कार्यक्रमका अबसरमा राप्रपाका जिल्ला उपाध्यक्ष प्रकाश पौडेलले श्री ५ बडामहाराजा पृथ्वीनारायाण्शा हको जन्मजयन्ती लामो समयपछि देशव्यापी रुपमा मनाउनमा पाएकोमा खुसि व्यक्ति गरे । नेपालको एकिकरण गरी एउटै राज्य बनाएका शाहको राज्यले विगतका बर्षमा अबमुल्यन गरेता पनि यो बर्ष भने सम्मानका साथ दिवस मनाएकोमा खुसी व्यक्ति गरे ।

कार्यक्रममा राप्रपाका ठाकुर बम मल्ल, गंगाबहादुर दमाइ, दृष्टिविहिन श्रोत केन्द्रका शिक्षक हरिदत्त शर्मा लगायतले बोलेका थिए । राष्ट्रिय एकता दिवसको रुपमा राज्यले पृथ्वी जयन्ती मनाउने निर्णय गरेसँगै देशभर पृथ्वी जयन्ती मनाइएको थियो ।

विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्यो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो ।

नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो । सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।

विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *