पोखरामा यसरी मनाईँदै छ, २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (भिडियो सहित)

पोखरा २०७४ पुस २७ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती आज पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहे ।

उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकामा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरिदिएको थियो । यद्यपि, त्यसपछिका वर्षहरुमा पनि जनस्तरबाट पृथ्वीजयन्ती मनाउनेक्रम जारी नै छ ।

यो वर्ष भने सरकारले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.