तारीखमा छुटे डा. केसी : प्रधानन्यायाधीश पराजुलीमाथी बढ्यो नैतिक दबाब !

काठमाडौँ २०७४ पस २७ । सर्वोच्च अदालतको अपहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीलाई न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो।

सो इजलासले केसीले उठाएको माग बमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ। आदेशमा भनिएको छ( गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू।

डा के सीको पक्राउ बिरुद्ध देशव्यापी रुपमा विरोध कार्यक्रमहरु भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.