जिशिअ पौडेलको टोली विद्यालय अनुगमन दौडाहामा : प्रकाश माविको अवस्था सन्तोषजनक !

खेमराज अर्याल, २०७४ पुस २७ । जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल सहितको टोली विद्यालयहरुको अनुगमन दौडाहामा रहेको छ । टोलीले हिँजो ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ हुन्द्रफेदीमा रहेको प्रकाश माध्यमिक विद्यालयको अनुगमन गरेको छ । जिल्ला शिक्षा अधिकारी पौडेल सहित सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय लेखा अधिकृत कृष्ण प्रसाद आर्चाय शाखा अधिकृत सरितादेवी शर्मा प्राविधिक जयनाथ यादव वडा नम्बर ४ का अध्यक्ष तिलक पुन जिल्ला समन्वय समिति बागलुङका सदस्य तारा कुमारी पुन सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जिल्ला शिक्षा अधिकारी पौडेलले सीमित स्रोत र साधनका वावजुत पनि दुर्गमका विद्यालयमध्य यो विद्यालयमा शैक्षिक उपलब्धी व्यवस्थापकीय पक्ष शैक्षिक सामाग्रीको प्रयोगको अवस्था राम्रो रहेको पाइएको बताए । कक्षाकोठामा राखिएका शैक्षिक सामाग्री स्थानिय शैक्षिक सामाग्री निर्माणमा शिक्षक विद्यार्थी दुबैको सक्रिय सहभागिता रहेको पाइएको पौडेलको भनाई थियो ।

विद्यालयमा विज्ञान प्रयोगशाला कम्प्युटर ल्याव र पुस्ताकालयको प्रयोगको अवस्था पनि राम्रो रहेको अनुगमन टोलीले जनाएको छ । दुर्गममा रहेर पनि यो विद्यालयले राम्रो शैक्षिक सफलता प्राप्त गरेको र जिल्लामा पनि यो उत्कृष्ट विद्यालयमा रहन सक्ने अनुगमनमा सहभागीले बताएका छन् ।

यस्तै अनुगमनका क्रममा विद्यालयको २ कोठे भवन साधन स्रोतको व्यवस्थापन गरी मर्मत गर्नुपर्ने देखिएको, विद्यार्थी संङ्ख्या अनुसार थप कक्षाकोठा निर्माणका लागी पहल गर्नुपर्ने साथै इन्टरनेट जडानका लागी पनि पहल गर्नुपर्ने अवस्था देखिएको अनुगमन टोलीले जनाएको छ । खेलमैदानको उचित व्यवस्थापन गर्दै विद्यालय हाताको सरसफाईमा पनि ध्यान दिन जिशिअ पौडेलले निर्देशन दिएका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक दुर्गा वहादुर थापाले विद्यालयमा शिक्षक दरबन्दी कम भएका कारण समस्या भएकोले दरबन्दी मिलान गर्न आग्रह गरेका थिए । थापाले विद्यालयमा पछिल्लो समय विद्यार्थी संङ्ख्या निरन्तर वृद्धी भइरहेको र विद्यालयमा ४ कोठे भवन आवश्यक रहेकोले त्यसका लागी पहल गरिदिन आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.