गल्कोटको शिक्षा क्षेत्रको अभिभावकीय भूमिका नगरपालिकाले निर्वाह गर्छ : गनपा प्रमुख गैरे

पृथ्वी माबि हरिचौरको ६६ औ बार्षिकोत्सव सम्पन्न, चौराहा माबि दुदिलाभाटीको ५५ औ बार्षिकोत्सव जारी !

घनश्याम गौतम, गल्कोट २०७४ पुस २७ । गल्कोट हरिचौर स्थित पृथ्वी माद्यमिक बिद्यालयकोे ६६ औ बार्षिक उत्सव सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले स्थानिय निकायमा माबि सम्मको शिक्षाको सम्पुर्ण अधिकार पाप्त भएकाले शिक्षाको स्वरुपनै परिवर्तन गर्ने गरि कार्ययोजना सार्वजनिक गर्ने बताए । गैरेले समग्र गल्कोटको शिक्षा क्षेत्रको अभिभावकीय भुमिका नगरपालिकाले निर्वाह गर्ने उल्लेख गर्दै स्थानिय तह देखि केन्द्र सम्म शिक्षाको बिकास गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा गल्कोट माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्री, पुर्व बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष ललित श्रीस, गलकोट नगरकार्यपालिका सदस्य कमला ढकाल, अभिभावक खड्क बिक लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा जग्गादाता उजीर गिरि, भौतिक निर्माणमा सहयोग गर्ने रन बहादुर खत्री, माबि तह स्तरउन्नती गर्दा सहयोग गर्ने नर बहादुर बिक, भुपु शिक्षकहरु कृष्ण भट्राई, कमली कुमारी थापा, भुमिराज आचार्य, चन्द्रा रोका, नेत्र बहादुर श्रीस लगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा बिद्यालयमा सञ्चालन गरिएका प्रतियोगिताहरुको पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक बद्रिप्रसाद ढकालले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, नारायण पाठकको स्वागत मन्तब्य र शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसैवीच चौराह माद्यमिक बिद्यालय दुदिलाभाटीको ५५ औ बार्षिक उत्सव कार्यक्रम सञ्चालन भईरहेको छ ।

हिँजो सम्पन्न माद्यमिक बिद्यालय स्तरिय दुब्र्यसन रोकथाम बिद्यार्थीको योगदान बिषयक बतृत्वकला प्रतियोगितामा ४ बिद्यालयका ६ जनाको सहभगीता रहेकोमा हरि माद्यमिक बिद्यलाय ताराखोलाका शान्त खत्री प्रथम, चौराह माद्यमिक बिद्यालयका रबिन घर्ति द्धितिय, सरस्वती माद्यमिक बिद्यालयका मिलन कुबर तृतिय र महेन्द्र माद्यमिक बिद्यालय नरेठाटीका शिव गैरे सान्त्वना प्राप्त गरेका छन् ।
यसैगरी प्राबि स्तरिय हाजिरीजवाफ प्रतियोगितामा ८ बिद्यालयको सहभागीता रहेकोमा चौराह माद्यमिक बिद्यालय प्रथम, देवालय प्राथमिक बिद्यालय द्धितिय, गाजा प्राथमिक बिद्यालय तृतिय र शिवालय प्राथमिक बिद्यालय सान्तवना भएका छन् ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका सदस्य हिरा काउचाको अध्यक्षता, शिक्षक बह्श्पति शर्माको स्वागत मन्तब्य, तारा बहादुर बिक र हेमराज रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फाईल फोटो : पृथ्वी माबि, हरिचौर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.