काडेबास बजार जोड्ने सड्कको नाका बन्द, बैकल्पिक बाटो खुलाउन आग्रह

गल्कोट २०७४ पस २६ । गलकोट नगरपालिका वाड नम्बर ८ काडेबासको मध्यपहाडी लोकमार्ग र शिव माध्यमिक बिद्यालय हुदै काडेबास बजार जोड्ने सड्कको नाका बन्द गरिएको छ । मध्य पहाडी लोकमार्ग निर्माण कम्पनीले लोकमार्गको स्तरउन्नती तथा कालोपत्रे गर्ने बन्दै तारजाली प्रयोग गरि शिवघाट जाने बैकल्पिक बाटो बन्द गरेको गलकोट नगरपालिका वाड नम्बर ८ का अध्यक्ष रामप्रसाद कडेलले बताए ।

उक्त नाका बन्द गरेसँगै स्थानियलाई आवतजावतमा असहजता भएको भन्दै बिरोध आएपछि प्रमुख जिल्ला अधिकारी सहतिको टोलिले स्थलगत अवलोकन गरेको छ । प्रमुख जिल्ला अधिकारी बिष्णु् बहादुर थापा, जिल्ला समन्वय समितिका अधिकारी रामप्रसाद अधिकारी, प्रहरी प्रसासन, लोकमार्ग निर्माण कम्पनीका पदाधिकारी, पत्रकारको रोवहरले बैकल्पिक बाटो खोल्ने सहमति गर्नका लागी प्रहरी प्रसासन र वाड कार्यालयलाई निर्देशन दिएको छ ।

छलफलमा लोकमार्ग निर्माणलाई असर नपर्ने गरि मोटरबाटो सुचारु ग्र्नको लागी ईलाका प्रहरी कार्यालय हरिचौरका निमित्त प्रमुख मन बहादुर बिक, वाड अध्यक्ष रामप्रसाद कडेल, स्थानिय उपभोक्ता तथा सडक निर्माण कम्पनीका पदाधिकारी र लोकमार्ग निर्माण कम्पनीका साईड ईन्जिनियर गोपि सिलबाल बिच आवसी समन्वय गरि बैकल्पिक बाटो खुलाउन आग्रह गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *