नगरपालिका स्तरीय पोषाक तथा खाद्य सुरक्षा निर्देशक समिती गठन कार्यक्रम सम्पन्न

खेमराज अर्याल, बुर्तिवाङ २०७४ पुस २६ । ढोरपाटन नगरपालीका वडा नं १ बुर्तिबाङमा बहुक्षेत्रीय योजना दोस्रोको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय सरकारका जनप्रतिनीधीहरु तथा कर्मचारीहरु बिच समान बुझाई कायम गरी कार्याबन्यनका लागी उपयुक्त वातावरण शीर्जना गर्ने उद्धेश्यका साथ ,युएस ए आई डी को सहाायता तथा सुआहारा को आयोजनामा बहुक्षेत्रीय योजना दोस्रोको अभिमुखीकरण तथा गाउपालीका नगरपालीका स्तरीय पोषक तथा खाद्य सुरक्षा निर्देशक समिती गठन कार्यक्रम सम्पन्न भएको हो ।

ढोरपाटन नगरपालीकाका नगरप्रमुख देबकुमार नेपालीको अध्यक्षता , ढोरपाटन नगरपालीकाका उपप्रमुख करमति पुन, ढोरपाटन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य , तथा बुर्तिबाङ प्रथामीक स्वास्थ्य केन्द्रका डा .बिजय मल्लको बिशीष्ट आतिथ्यता रहेको कार्यक्रमको उद्घाटन हजार दिनकी आमा अनिता पुनलाई पोषण युक्त खाद्य सामाग्री हस्तान्नरण गरेर गरिएको थियो ।

कार्यक्रमबारे सुआहारा कार्यक्रमका जील्ला संयोजक जगदीश लोहारले जानाकारी गराएका थिए भने स्थानीय शासन तालीम परामर्शदाता गीता श्रीसले कार्यक्रमको बिषयबस्तु उठान तथा , बुर्तिबाङ प्राथामीक स्वास्थ्य केन्द्रका डा बिजय मल्ल , सुआहारा कार्यक्रमका ढोरपाटन नगरपालीकाका फोकल पर्सन गुण कुमार श्रेष्ठ , खानेपानी तथा सरसफाई अधिकृत यज्ञराज ओझा ले प्रशिक्षण दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा , एकीकृत पोषण एबम् सुआहारा कार्यक्रमको बारे जानाकारी , बहसक्षेत्रीय पोषण योजना पहिलोको समीक्षा तथा दोस्रोबारे छलफल , र बहुक्षेत्रीय पोषण योजना दोस्रो अनुरुप गाउपालिका तथा नगरपालिका स्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समिती तथा गाउपालीका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छताका बिषयमा छलफल भएको थियो ।

ढोरपाटन नगरपालिका का नगरप्रमुख देबकुमार नेपालीको अध्यक्षतामा नगरपालीका स्तरीय पोषक तथा खाद्य सुरक्षा निर्देशक समिती गठन गरीएको छ । जसको उपाध्यक्षमा उपप्रमुख करमति पुन , सचिबमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य , सदस्यहरुमा बुर्तिबाङ प्राथामीक स्वास्थ्यकेन्द्र का प्रमुख डा सुनील कुमार जैसवाल , ढोरपाटन नगरपालीकाका ९ वटै वडाका बडाध्यक्षहरु त्यस्तैगरी महिला सदस्यमा बेलमति छन्त्याल , दलीत महिला कमलादेबी बिक , खुमानन्द पोख्रेल , हुम बहादुर थापा उद्योग बाणीजय संघ तर्फ चिन्तामणि शर्मा , रहेका छन् भने , शिक्षा , बालबालीका ,खानेपानी , पोषण तथा सुरक्षा ,सामाजीक बिकास शाखा , सुशासन , अर्थ । गैरसरकारी संस्था , सामाजीक बिकास शाखा पछि पुर्ति गर्नेगरी रीक्त राखिएको छ । सोही अबसरमा ढोरपाटन नगरपालिकाले बिभिन्न प्रतिबद्धता सहितको प्रतिबद्धता पत्र समेत सुआहारा कार्यक्रलाई बुझाएको छ ।

कार्यक्रम ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा ढोरपाटन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत रामपसाद आचार्यले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । ढोरपाटन नगरपालीका वडा नं ७ का वडाध्यक्ष जीवन थापाले सो कार्यक्रममा सहभागिता जनाईसकेपछि नगरपालीकामा सो योजना सफल सञ्चालन गर्नेे प्रतिवद्धता सहित नगरपालीकाको तर्फबाट प्रतिबद्धता मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सुआहाराका फील्ड संयोजक बिश्वनाथ आचार्यले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *