मातृशिशु तथा बाल्यकालीन पोषण सम्बन्धी तालीम सम्पन्न

झरना कँडेल, बुर्तिवाङ २०७४ पुस २६ । युएस ए आई डी को सहायता तथा सुआहारा को आयोजनामा पौस ३ गते देखी सञ्चालित मात्रृशिशु तथा , बाल्यकालीन पोषण सम्बन्धी तालीम आज सम्पन्न भएको छ ।

तमानखोला निसीखोला , निसीखोला , बडीगाड गाउँपालीका , तथा ढोरपाटन नगरपालीका भित्र रहेका सम्पुर्ण स्वास्थ्यकर्मीहरुका लागी आयोजना गरीएको तालीममा आजसम्म स्वास्थ्य , कृषी , पशुसेवा , शिक्षा ,स्थानीय प्रशासन , गाउपालीका तथा नगरपालीकाका प्रशासकीय अधिकृत लगायत १ सय २१ जनालाई प्रशिक्षण दिईएको छ । पाचौँ चरणमा सम्पन्न गरीएकको तालीममा मातृशीशु तथा बालबालीकाहरुको पोषण अबस्थामा कसरी सुधार ल्याउने , हजारदिन भित्रका आमाहरुलाई कसरी स्वस्थ बनाउने , स्तनपान पुरक तथा थप खाना हजार दिनका आमा तथा युवा युवतीको , ब्याबहार परिवर्तन लगायतका बिषयमा बुतिृबाङ प्रथामीक स्वास्थ्य केन्द्रका डा बिजय मल्ल , प्रशिक्षक टेकराज साप्कोटा , तथा सरोज चौधरीले प्रशिक्षण दिएका थिए ।

आज भएको समापन कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीको अध्यक्षता , जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख दिपक तिवारी , जिल्ला सुआहारा संगोजक जगदीस लोहार ,ढोरपाटन नगरपालीकाका उपप्रमुख करमती पुन, ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य , तथा बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रका डा .बिजय मल्लको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशिक्षक टेकराज साप्कोटाले गरेका थिए । ्

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *