नया शहर आयोजनाका प्रमुखलाई सहमति अनुसार काम नगरे कारवाही गर्ने चेतावनी !

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ पुस २६ । नयाँ सहरी आयोजना कार्यालय बुर्तिबाङबाट ढोरपाटन नगर कार्यपालिकाले गरेको निर्णयको अवहेलना भएको भन्दै आज नगरपालिकाले आपत्ती जनाएको छ ।

ढोरपाटन नगर कार्यपालिकाको गत शुक्रबार बसेको बैठकले बुर्तिबाङ नयाँ सहरी योजनाबाट सञ्चालन भएका र हुने विभिन्न योजनाहरुको ठेक्कापट्टा सम्बन्धी फाईल नगरपालिकाको कार्यालयमा पेश गर्नु पर्ने र त्यस पछि सार्वजनिक सुनुवाई गर्ने निर्णय गरिएको थियो । तर उक्त निर्णयको बेवास्ता गर्दै बुर्तिबाङ नयाँ सहरी योजना कार्यालयका प्रमुख प्रविण प्रताप अधिकारीले आफुुखुशी आयोजनाका विषयमा छलफल गर्ने निर्णय गरि सवैलाई पत्राचार समेत गरेको भन्दै नगरपालिकाले गम्भीर आपत्ती जनाएको हो ।

दश नंया शहर मध्यको एक बुर्तिबाङ शहरमा अपेक्षाकृत बिकाश र जनचाहाना बमोजिम काम हुन नसकिरहेको भन्दै पछिल्लो समय जनता र जनप्रतिनिधी समेत आक्रोशित बन्दै जान थालेका छन् ।

नंया शहर आयोजनाको काम हुन थालेको समेत ५ बर्ष पुरा भईसक्दा जनस्तरमा बिकासका बिषयमा जानकारी नहनु, आयोजना सम्झौता र निर्माण पछिको बिषयमा आयोजनाले जनमानसमा आफना कार्यक्रम समयसमयमा अवगत नगराउनु , आबश्यकताका आधारमा बिकास निर्माणका काम नहुनु, नंयाशहर आयोजना प्रमुख प्रविणप्रताप अधिकारीले समितीका पदादिकारी, राजनैतिक दल, जनप्रतिनीधि कसैसंगपनी समन्वय नगरी काम गर्ने गरेको लगाएतका बिषयमा तिब्र जनगुनासो बढिरहंदा पछिल्लो समय आयोजना प्रमुख अधिकारीलाई सबैक्षेत्रबाट दबाब बद्दै जान थालेको हो ।

यसै बिषयमा गत पौष २१ गते नंयाशहर आयोजनाका प्रमुख तथा कर्मचारीको गतिबिधी देखेर रुष्ट बनेका बजारबासीले तत्काल योजना, लागत, र बिगतका गतिबिधी जनतामाझ प्रस्तुत गर्नुपर्ने भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए । ढोरपाटन नगरपालिका प्रमुख देबकुमार नेपालीको पहलमा सबै पक्षवीच सहमती बनेपछी ताला लगाएको चार घण्टापछी खोलिएको थियो ।

आज ६ दिन बितिसक्दा समेत आयोजनाले उक्त सहमतिको बेवास्ता गर्दै कसैसंग समन्वय नगरी आफनै तवरले नंया शहर आयोजना बुर्तिबाङका प्रमुख प्रवीणप्रताप अधिकारीले भोलिका लागि बैठक आब्ह्वान गरेपछि आज पुन: नगरपालिका कार्यालयमा अकस्मात बैठक बसेको छ । बैठकमा जनप्रतिनिधीहरुले आक्रोशित हुंदै भोलि आयोजना प्रमुख प्रविणप्रताप अधिकारीद्धारा राखिएको बैठक रोकेर पहिलो प्राथमिकता गत २१ गते भएको निर्णयलाई कार्यान्वयन गरेर मात्र अगाडि बढ्ने बिषयमा छलफल भएको बताईएको छ ।

उक्त छलफल पश्चात भोलीको बैठक रोक्दै आगामि पांचदिन भित्रमा आयोजनाका सबै गतिबिधी २१ गते चयन गरीएको समिती समक्ष पेश गर्नुपर्ने निर्णय गरीएको छ । निर्धारित समयमा पनी बिवरण पेश नगरेको खण्डमा थप प्रकृयागत तवरले आफुहरु अगाडि बढ्ने नगरप्रमुख देबकुमार नेपालीले ईबागलुङलाई बताए ।

अव स्थानीय सरकार आईसकेपछिको अबस्थामा पनी कर्मचारीले आफनै तवरले काम गर्न मिल्दैन व्यक्तिगत स्वार्थको पछाडि लाग्ने प्रयत्न भए जनताले कार्वाहिको गर्न बांकि नराख्ने नगरप्रमख नेपालीले चेतावनी दिए ।

नगरपालिकामा भएको उक्त निष्कर्ष सहित नंयाशहर आयोजना प्रमुख अधिकारीले भोलिको बैठक रोक्ने र पांचदिनमा आफुले सबै विवरण गठित समितीमाझ प्रस्तुत गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *