भूकम्प प्रभावितहरुले सहज तरिकाले अहिले सम्म राहत पाउन सकेका छैनन् : प्रजिअ थापा

गुमानसिंह भण्डारी, गल्कोट २०७४ पुस २६ । भुकम्प प्रभावितहरुले अहिले सम्म सहज तरिकाले राहत पाउन नसकेको प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले बताएका छन् । गलकोट नरपालिकाको कार्यालयमा सञ्चालन गरिएको भुकम्पीय आवास पुनर्निर्माण आयोजना स्थानिय तहका पदाधिकारी तथा वडा सचिवहरुको लागी निजी आवास पुननिर्माण एवम पुनस्थापना सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया गोष्ठि कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

प्रजिअ थापाले केन्द्र तह देखि स्थानिय तह सम्मका प्राबिधिक कर्मचारीहरुले सहज तरिकाले स्थानियका कामहरु नगरेको आरोप लगाए । केन्द्रिय तहले बृद्ध भक्ता बितरण गरेअनुसार रकम दिने गरेका कारण उचित तरिकाले काम हुन नसकेको बताए ।

प्रजिअ थापाले प्राबिधिकहरुले भुकम्प प्रभाबितहरुले निर्माण गरेका घर भुकम्प प्रतिरोधी नभएको भन्दै दु:ख दिने गरेको बताए । प्राबिधिकहरुको सानो कामले पनि भुकम्प पीडितहरुले राहत पाउन सक्ने भन्दै थापाले प्राबिधिकहरुले सहज तरिकाले काम गनुपर्ने बताए ।

नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन ईकाई, भुकम्पीय आवास पुननिर्माणको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

सो अवसरमा कार्यक्रमको आवश्यकता, उदेश्य, भुकम्प पछिको पुर्ननिर्माण कसरी गर्ने, नितिगत संरचनागत तथा कार्यान्वयको बारेमा सजग लगायतका बिषयमा भुकम्पीय आवास पुर्ननिर्माण आयोजना केन्द्रिय कार्यान्वयन ईकाई समितिका स्रोतब्यक्ति मोतिप्रसाद लामिछानेले जानकारी दिएका थिए ।
त्यस्तै भुकम्पले बागलुङमा पारेका प्रभाव र अवस्था लगायतको बारेमा अखिलनाथ शर्माले जानकारी गराएका थिए । त्यस्तै ईकाईका ईन्जिनियर बिनोद नेपालले सहजिकरण गरेका थिए ।

सो कार्यक्रममा गलकोट नगरपालिको दुदिलाभाटीमा २० जना मध्ये १४ जना, नरेठाटीमा १३ जनामध्ये १२ जना, हटियामा २१ जनामध्ये १७, हरिचौरमा ९ जनामध्ये ६२, मल्ममा १५ जनामा १५, काडेबासमा ३ मा ३, रिघामा १ सय ३३ जनमध्ये १ सय १५ गरि ३ सय ८९ मध्ये २ सय ३ जनाले राहत स्वरुप पहिलो किस्ताको रकम ५० हजार प्रात्त गरिसकेको जानकारी गराईएको थियो ।

गत आर्थिक बर्षमा ५ करोड ५४ लाख ५० हजार बितरण गरिएको र आर्थिक बर्षको पौष २० गतेसम्म २ करोड ३ लाख ५० हजार गरि ८ करोड, ३ लाख भुकम्प पीडितले पाएको जिल्ला समन्वय समितिका सुचना अधिकारी अखिलनाथ शर्माले जानकारी दिए । शर्माका अनुसार बागलुङ जिल्लामा ८२ जना प्रबलिकरण, २ सय जना नाम नामेसी नमिलेर सच्याउनका लागी केन्द्रमा पठाएको बताए । अहिलेसम्म २३ सय ७५ जना भुकम्प पिडित मध्ये १६ सय ७६ जनाले पहिलो किस्ताको रकम प्रात्त गरेका छन । यसैबिच पौष मसान्त सम्म पहिलो किस्ताको रकम प्राप्त गरेका भुकम्प पीडितहरुले आगामि असार मसान्त भित्र पुर्नघर निर्माण गनुपर्ने र निर्माण नभएको खण्डमा रकम फिर्ता हुने ईकाईले जानकारी दिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका जिल्ला समन्वय अधिकारी रामप्रसाद अधिकारीले भुकम्प पीडित परिवारलाई ढुक्कका साथ भुकम्प प्रतिरोधि घरमा बस्ने बातावरण निर्माण गर्नको लागी यस्ता खाले कार्यक्रममा मदत गर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकामा कर्मचारी अभाव रहेको बताउदै तत्काल ब्यवस्थापन गर्न जिल्ला समन्वय समितिका अधिकारीलाई आग्रह गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख गैरेको अध्यक्षता, भुकम्पीय आवास पुर्ननिमाण केन्द्रिय आयोजना कार्यान्वयन ईकाइका स्रोतब्यक्ति मोतिप्रसाद लामिछानेको स्वागत मन्तब्य र जिल्ला समन्वय समिति बागलुङका सुचना अधिकारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सिकेका कुराहरु स्थानियहरुलाई जानकारी गराउन जनप्रतिधिहरुलाई आग्रह गरिएको थियो ।
तस्वीर- घनश्याम गौतम, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *