आम नागरिकको पक्षमा बोल्ने व्यक्तिलाई नै कारबाही गरिनु अन्यायपूर्ण : नयाँ शक्ति

डा. केसीलाई बिनाशर्त रिहाईको माग गर्दै नयाँ शक्तिद्वारा जिल्ला प्रशासनमा ज्ञापन पत्र

रबिना बोहरा, बागलुङ, २०७४ पुस २६ । नयाँ शक्ति नेपाल बागलुङले प्राध्यापक डा.गोविन्द केसीलाई बिनाशर्त रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला संयोजक चित्र सापकोटाले सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयलाई ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउन अनुरोध गर्दै हस्तान्तरण गरेका छन् ।

ज्ञापन पत्र बाचन गर्दै पार्टीका अर्जुन खत्रीले मेडिकल शिक्षामा सुधारका साथै स्वास्थ्य सेवामा आम जनताको सर्वसुलभ पहुँच हुनुपर्छ भनी बषौँ देखी संघर्ष गर्दै आइरहेका केसीलाई सवोच्च अदालतको मान हानी मुद्धा चलाइनु र रातारात पक्राउ गर्नु गलत कार्य भएको बताए । यस घटना प्रति आपत्ती जनाउदैँ विरोध प्रकट गरेको छ । भ्रष्टाचारी तथा माफियाहरु खुल्ला रुपमा हिड्ने गरेको देखिएको भन्दै आम नागरिकको पक्षमा बोल्ने व्यक्तिलाई नै कारबाही गरिनु न्यायपुर्ण व्यवहार नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतले डा. केसी विरुद्ध दर्ता गरेको मुद्धा तत्कालै खारेज गरी बिना सर्त रिहाई गर्नुपर्ने माग गरेको नयाँ शक्ति नेपाल बागलुङले जनाएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयले ज्ञापन पत्रलाई सम्बन्धित मन्त्रालयमा पठाउने बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.