ढोरपाटन र निसीखोलाका गरिव तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण

प्रशान्त घर्तीमगर, बुर्तिवाङ २०७४ पुस २५ । झरना फाउन्डेशन नेपालद्धारा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका अति गरिव तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।

देशका उच्च हिमाली, पहाडि तथा तराई भेगमा अत्याधिक चिसो बढेका कारण जनजिवन निकै प्रभावित भैरहेका बेला फाउन्डेशनले सञ्चालन गरेको न्यानो अभियान अन्तर्गत कम्वल वितरण गरिएको हो । जस अन्तर्गत निसीखोला गाँउपालिकामा मात्रै ४० घर परिवारका अति विपन्न तथा गरिव परिवारका सदस्यलाई १÷१ ओटाका दरले कम्बल वितरण गरिएको फउन्डेशले जनाएको छ । गाँउपालिकाको वडा नं. ३ र ४ मा २० ओटा र वडा नं. ६ मा २० ओटा गरि ४० ओटा कम्वल वितरण गरिएको फाउन्डेशनका संयोजक नविन थापाले बताए ।
यस्तै ढोरपाटन नगरपालिकामा पनि कम्बल वितरण गरिएको फाउन्डेशनले जनाएको छ । नगरपालिकाको वडा नं. ७ मा रहेका विपन्न तथा गरिव परिवारका २० जना सदस्यलाई १÷१ ओटाका दरले २० ओटा वितरण गरिएकोे छ । २ ओटै नगरपालिका तथा गाँउपालिकामा स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवि लगायतको रोहबरमा सो कम्बल वितरण गरिएको पाउन्डेशनका संयोजक थापाको भनाई छ ।
विशेष गरि चिसोका कारण अति विपन्न तथा गरिव परिवारका लागी यो समय दैनिक जीवनयापनमा निकै कठिनाई हुने तथा ज्यानै जाने समस्या हुने भन्दै फाउन्डेशनले उनिहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दैे न्यानो अभियान सञ्चालन गरेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.