अखण्ड नेपाल पार्टीको बागलुङ, पर्वत र म्याग्दीका सबै पदाधिकारीव्दारा पार्टी परित्याग !

बागलुङ २०७३ माघ २१ । अखण्ड नेपाल पार्टीका बागलुङ, म्याग्दी र पर्वत जिल्लाका अध्यक्ष, उपाध्यक्ष लगायत संपूर्ण पदाधिकारी एवं कार्यकर्ताहरुले सामुहिकरुपमा पार्टी परित्याग गदैँ तीनै जिल्लाका पार्टी कार्यालयहरु बन्द गरी स्वतन्त्र बस्ने निर्णय गरेका छन् ।

केन्द्रिय नेतृत्वले पार्टीको नीती र सिन्द्धान्त विपरीत कृयाकलाप गरेको, समयसापेक्ष राजनीती परिस्थिति भन्दा बाहिर गएर गतिविधी सन्चालन गरेकाले सबैले सामुहिकरुपमा पार्टी परित्याग गरेको पार्टीका कार्यबाहक अध्यक्ष रुद्रबहादुर महतले बताए ।

शुक्रवार अखण्ड नेपाल पार्टीको बागलुङस्थित कार्यालयमा पार्टीकी अन्चल संयोजक सन्तू खडकाको अध्यक्षता एवं पार्टीका केन्द्रिय सदस्य नरबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बसेको तीनै जिल्लाका कार्य समितका पदाधिकारी एवं कार्यकर्ताहरुको भेलाले पार्टी परित्याग गर्ने घोषणा गर्दै आफनो एजेण्डा र विचार मिल्ने राजनीतिक पार्टीसंग कार्यगत एकता गर्न नरबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय बार्ता कमिटी गठन गरेको छ ।

समितिका अन्य सदस्यहरुमा रुद्रबहादुर महत, भीमबहादुर केसी, डिलबहादुरु बरुवाल, डम्बरबहादुर बानियाँ, सन्तोष बोगटी र सीता नयाक रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *