बुर्तिबाङमा हुने पाँचौ पुरुष तथा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा !

सुमन सुनार, बुर्तिवाङ २०७४ पुस २५ । यहि पुस २८ र २९ गते बुर्तिवाङ बजारमा हुन गईरहेको पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

ढोरपाटन आइटिएफ तेक्वान्दो दोजाङको आयोजना बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको सह आयोजना तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले आज बुर्तिबाङ बजारमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

प्रतियोगितामा दुई बिभागीय टीम सहित ८ टीमको सहभागीता रहने आयोजक ढोरपाटन आइटिएफ तेक्वान्दो दोेजाङका खेल संयोजक भुपेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल तथा सुदुर–पश्चिमाञ्चल विकास क्षेत्रहरु विभागिय टीमहरु नेपाल आर्मी क्लव र नेपाल ए.पि.एफ क्लव, र आयोजक गरी ८ टीमले सहभागीता जनाउने संयोजक पुनले बताए ।

प्रतियोगिताको स्पेशल फ्रि स्पाइरिङ्ग, पुरुष ५५–६३ के.जी र महिला ४७–५५ के.जी समुह गरी विभिन्न तीन बिद्यामा प्रतियोगिता हुनेछ । जसमा पुरुष तथा महिला तर्फ प्रथम हुनेलाइ समान ५ सय अमेरिकी डलर, गोल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुनेलाई ३ सय अमेरिकी डलर सिल्भर मेडल र प्रमाणपत्र र तेश्रो हुनेलाई २ सय अमेरिकी डलर ब्रन्ज मेडल प्रमाणपत्र प्राप्त गर्ने संयोजक पुनको भनाई छ । खेलमा खेलाडी न्यूनतम ब्ल्याक बेल्ट तथा विगतमा राष्ट्रिय स्तरको खेलमा उपलव्धि हासिल गरेको हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागी तयारी तिव्र बनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागी करिव १७ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिका, गाँउपालिका तथा विभिन्न संघ संस्थाबाट प्रतियोगितालाई सफल पार्न भन्दै सहयोग प्राप्त भईरहेको र थप सहयोग गर्नका लागी पत्रकार सम्मेलन मार्फत आयोजकले सबैमा अपिल समेत गरेको छ ।

सम्मेलनमा नेकपा एमालेका उमेश पुन मगर, नेपाल मगर समाज सेवा केन्द्र बुर्तिबाङका अध्यक्ष थम प्रकाश पुन, नेपाल मगर समाज सेवा केन्द्रका उपाध्यक्ष सेरमान घर्ति मगर, विवेकशिल शाझा पार्टीका जिल्ला संयोजक सन्तोष भण्डारी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *