उपभोक्तालाई कम खर्चमा बढि सेवा लिने गरि काम गर्न नगरप्रमुख शर्माको आग्रह

घनश्याम गौतम, गल्कोट २०७४ पुस २५ । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले कम खर्चमा बढि सेवा लिन सक्ने गरि प्रभाबकारी काम गर्न आग्रह गरेका छन् । गलकोट नगरपालिकाको बडा नं ८ मा स्थलगत अबलोकनका क्रममा नगरप्रमुख गैरेले कम खर्चमा बढि सेबा लिने भन्दै बिनियोजित बजेटको दुरुपयोग गर्न नहुने बताए । थालेपोखरामा आयोजित आम भेलाको अबसरमा बोल्दै गैरेले बिकासका दृष्टिमा गलकोट नगरपालिका बडा नम्वर ८ को थालेपोखरालाई बिशेष प्रथमिकता दिइने बताए ।

आम भेलामा गलकोट नगरपालिकाबाट बिनियोजित बजेटका शिर्षक अनुसारका उपभोक्ता समितिको गठन गर्ने गरि समन्वय समितिको गठन गरिएको ढालेन्द्र प्रसाद गौतमले जनाकारी दिए ।

भेला गलकोट नगरपालिका बडा नम्वर ८ का अध्यक्ष राम प्रसाद कडेलको अध्यक्षता, हटिया, चालिसेटोला, थालेपोखरा सुखौरा सल्यान मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष भिम शेरचनको स्वागत तथा थालेपोखरा प्राथमिक बिद्यालयका शिक्षक नरिश्वर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्थलगत अबलोकन संगै गलकोट नगरपालीका बडा नम्वर ८ को हटिया, चालिसेटोला, थालेपोखरा सुखौरा सल्यान मोटरबाटो, भानु प्राथमिक बिद्यालयको ब्यवस्थापन, स्थानिय मोटरबाटो सिचाई कुलो लगाएतका आयोजनको र्सबे तथा इस्टीमेट गरिएको नगरपालिकाका ओझरसियर अर्जुन सुबेदीले बताए ।

अबलोकन भ्रमणका क्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, गलकोट नगरपालीका बडा नम्बर ८ का बडा अध्यक्ष रामप्रसाद कडेल, नगरपालीकाका ईन्जीनियर कञ्चन जंग कार्कि, ओभरसियर अर्जुन सुबेदी काडेबास श्रोत केन्द्रका श्रोत ब्यक्ती दिनेश पन्त सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख घनश्याम गौतम, बडा नम्बर ८ का निर्बाचित जनप्रतिनिधी तथा स्थानिय राजनैतिक दलका प्रतिनिधी सहभागि थिए ।

यसैबिच उक्त टोलीले अबलोकनको क्रममा, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको सिमाना र गलकोट नगरपालिकाको सिमाना सम्म बिस्तार भएको सडक, थालेपाखरामा रहेको नबबिहानी बालबिकास केन्द्र तथा प्राथमिक बिद्यालय र थालेपोखरा प्राथमिक बिद्यालयको स्थलगत अबलोकन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.