बागलुङ नगरपालिकाको दोश्रो नगर सभा सुरु !

बागलुङ २०७४ पुस २५ । बागलुङ नगरपालिका नगरपालिका कार्यालय बागलुङले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै बागलुङ नगरपालिकाको दोश्रो नगर सभा आज पुस २५ गते देखी सुरु भएको जनाएको छ ।

प्रचलित कानून बमोजित सामान्यतया एक आर्थिक वर्षमा नगरपालिकाले वर्षमा दुई पटक नगर सभा गर्नु पर्ने व्यवस्था बमोजिम आज देखी हिँउदे अधिवेशन सुरु भएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सामान्यतया हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन र वर्षे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा हेरिन्छ ।

स्थानीय एक होटेलमा सुरु भएको हिउदे अधिवेशनमा नगरपालिकाको अििर्थक कार्यविधि नियमित तथा व्यवस्थित तगर्न बनेको कानून २०७४ विधेयक नगरसभामा प्रस्तुत गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले सो विधयेक टेबुल गरेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.