गुल्मीमा लिफ्टिंग सिस्टम खानेपानी योजना लोकप्रिय बन्दै

प्रेम सुनार, गुल्मी २०७४ पुस २५ । गुल्मी जिल्लामा पहिलो पटक सदरमुकाम तम्घासबाट सुरु भएको लिफ्टीङ्ग सिस्टम खानेपानी योजना क्रमशः अन्यत्र पनि सुरु हुँदै जादा बुढापाकाहरुले कल्पना समेत गर्न तल खोलाको पानी माथी डाँडामा आउने कुरा अहिले सामान्य हुँदै गएको छ । पश्चिम नेपाल ग्रामिण तथा सरसफाई परियोजना कार्यालय गुल्मीले दिएको जानकारी अनुसार पहिलो पटक गुल्मीको ठुलोलुम्पेकमा सोलारबाट नमुना खानेपानी योजना सम्पन्न गरिएको छ ।

त्यस लगत्तै गुल्मीको विरवासमा पनि सोलारबाट लिफ्टीङ्ग सिस्टम खानेपानी योजना सम्पन्न भएको छ । त्यस परियोजनका कार्यक्रम संयोजक विनोदकुमार लोहराका अनुसार गत आर्थक वर्षमा जिल्लाभर परियोजनाले ८ वटा खानेपानी योजना सम्पन्न गरेको छ । ति ४ वटा विद्युतबा चल्ने लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु छन् । एउटा सोलारबाट र ३ वटा ग्य्राभिटी खानेपाी योजनाहरु रहेका छन् । ति योजनाबाट

८ सय ६३ घरधुरी लाभान्वित भएका छन् । गत वर्षका ति योजना सम्पन्न गर्न ३ करोड ९२ लाख ४७ हजार रुपैयाँ खर्च भएको थियो ।

त्यति नै लाखतमा यो वर्ष सकिने योजना ६ वटा रहेका छन । यसबाट ९ हार ९८ घरधुरीलाई पानी खुवाउने लक्ष्य लिईएको जिल्ला समन्व्य समिति गुल्मीले जनाएको छ । त्यसको वजेट गाउँपालिकाले ५० प्रतिशत नगद, उपभोक्ता समितिले २७ प्रतिशत श्रमदान १ प्रतिशत नगद राख्नुपर्ने हुन्छ ।

खानेपानीका अलवा सरसफाई तथा स्वच्छता सम्वन्धी जनचेतना र भौतिक संरचना निर्माण गरिदै आएको छ । घर घरमा र विद्यालय लगायका स्थानमा सार्वाजानिक शौचललय निर्माणलाई पनि जोड दिईको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई डिभिजन परियोजनका अलवा अन्य संस्थाहरुले पनि जिल्लामा खानेपानी योजनाहरु निर्माण गर्दै छन् । यसबाट मुहान देखि माथी डाँडालाईनमा वसोवास गर्ने जनता क्रमशः खानेपानीको समस्याबाट मुक्त हुने भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.