चन्दा बोल कार्यक्रमबाटै त्रिभुवन माविले जुटायो झण्डै २४ लाख आर्थिक सहयोग

कौरव खत्री, गुल्मी २०७४ पुस २५ । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले चन्दा बोल कार्यक्रमबाटै आर्थिक सहयोग रकम जुटाएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ६ अन्तर्गत कुर्घाको भुवाचिदीमा रहेको उक्क्त विद्यालयले आफ्नो ५० औ जन्मजयन्ती तथा स्वर्ण महोत्सवको पूर्व सन्ध्यामा चन्दा बोल कार्यक्रमको आयोजना मार्फत विद्यालयले झण्डै २४ लाख बोल रकम संकलन गरेको हो ।

उक्क्त चन्दा बोल कार्यक्रमबाट विद्यालयको लागि विभिन्न व्यक्तिहरुद्धारा कुल २३ लाख,२७ हजार,९ सय,८० बराबरको चन्दा संकलन जुटेको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिए ।

विद्यालयले अगामी फागुन १ देखि ५ गते सम्म विविध कार्यक्रमहरु सहित स्वर्ण महोत्सव मनाउन गइरहेको छ ।

शुरुवातमै विद्यालयलाई राम्रो सहयोग हुदै आएकोले क्रमिक रुपमा चन्दा रकम थपिदै गएकोले सहयोग गर्ने सहयोगीहरुप्रति विद्यालयले धन्यवाद दिदै विद्यालयको लागि आफू सक्दो सहयोग गरिदिन शिक्षक रायमाझीले आग्रह गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.