सवारी दुर्घटनामा गम्भीर घाईते शर्मा शिक्षण अस्पताल रिफर !

बागलुङ २०७४ पुस २५ । भवन डिभिजन कार्यालय बागलुङका कर्मचारी बानपा–८ साल्बोटका परमानन्द शर्मा बानपा १ रामरेखामा सोमबार भएको सवारी दुर्घटना गम्भीर घाईते भएका छन् ।

बा २ प ६५३५ नम्बरका मोटर साईकलमा सवार शर्मा विपरीत दिशाबाट आईरहेकोे ध १ ज २३७ नंम्बरको पिकअप भ्यान संग एकापसमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि घाईते शर्मालाई थप उपचारका लागि हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

यसैवीच हिँजो सोमवार साँझ पख रघुगंगा गाउँपालिका–१ को बेग र बान्दुक जोड्ने निर्माणाधीन झोलुंगे पुलबाट चिप्लिएर खस्दा दुई जना मजदुरको मृत्यु भएको छ ।

निर्माणाधीन पुलमा तार लगाउने काम नसकिएकाले झुक्कीएर दुई जना खसेको बताईएको छ ।

पुलबाट खसेर मृत्यु हुनेहरुमा कैलाली मोहनाल घर भएका धनबहादुर क्षत्री र पुरन थापा रहेका छन् । पुलबाट खसेका दुबै जनाको शब निर्माणधीन पुलको डेढ सय मिटर तलको खोचमा फेला परेको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *