तुर्माखाद गाउँपालिका-३ छाउगोठमा एक महिलाको रहस्यमय मृत्यु !

अछाम, २०७४ पुस २५ । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा छाउगोठमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा तुर्माखाद गाउपालिका ३ भैरवस्थानकी २२ वर्षीय गौरी बुढा रहेकी छन। उनी सोमबार छाउगोठमा मृत अवस्थामा भेटिएकी स्थानीय उजीर बयकले जानकारी दिए।

तुर्माखाद गाउँपालिका ३ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी बुढा सोमबार बिहान मृत फेला परेकी हुन्। घटनाबारे अछामका प्रहरी प्रमुख दधीराम न्यौपानेले घटनाको जानकारी नआएको बताए।

महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले साविकको भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको थीयो। गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको सुदुर पोष्टले छापेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.