पर्वतको जलजलामा ट्याक्टर दुर्घटना : सहचालक परियारको मृत्यु, चालक फरार !

निर्मल पौडेल, पर्वत २०७४ पुस २५ ।पर्वतको जलजला गाउँपालिकाको शालिजा ६ भोटेडाँडा स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा सोमवार एक जनाको मृत्यु भएको छ । ठोट्नेरीबाट मिलनचोक तर्फ जाँदै गरेको ग १ त २३९५ नम्वरको खाली ट्याक्टर दिेउसो ३.२० मा दुर्घटना भएको थियो ।सडक देखी अन्दाजी ५ फिट तल खस्न गई ट्याक्टरले च्यापेर सोहि ट्याक्टरका सहचालक जलजला गाउँपालिका ७ मिलनचोक वस्ने वर्ष १९ को सागर परियारको घटनास्थलमै ाृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ट्याक्टर चालक फरार रहेको प्रहरीको भनाई छ ।

दुर्घटना लगत्तै स्थानिय मानिसले टेलिफोन मार्फत प्रहरी चौकी लेखफाँट पर्बतमा जानाकारी प्राप्त हुनासाथ तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जनाको टोली खटि उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिई घटनास्थल पुगी लाशलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल म्याग्दी वेनी लगिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.