भैरव पयुँपाटाको दोस्रो साधाारण सभा तथा दोस्रो विशेष अधिवेशन सम्पन्न

निर्मल पौडेल, बलेवा बागलुङ २०७४ पुस २५ । भैरव सामुदायिक सुचना तथा सञ्चार सहकारी सँस्था वागलुङ नगरपालिका १३ पैयुँपाटाको दोस्रो साधाारण सभा तथा विशेष अधिवेशन सोमवार सम्पन्न भएको छ । विविध विषयमा छलफल गर्दै सँस्थाको सभा तथा विशेष अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले धनपति शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नरसिँह खत्री,सचिवमा रुद्र शर्मा र कोषध्यक्षमा पवित्रा कुमारी रोका रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रेशम वहादुर खत्री, ओम वहादुर क्षेत्री ,सुमित्रा वि.क.,सुवास रेग्मी र शर्मिला शर्मा रहेका छन् ।

अधिवेशनले टिकाराम पाठकको सँयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा विष्णुप्रसाद रेग्मी, कृष्ण प्रसाद शर्मा चयन भएका छन् । त्यस्तै उमनाथ शर्माको सँयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । समितिको सदस्यहरुमा सुवेदार टेक वहादुर रोका, निवर्तमान अध्यक्ष प्रकाश सुवेदी रखाल रहेका छन् । त्यस्तै शोभाकर चापागाँईको सँयोजकत्वमा शिक्षा समिति गठन गरिएको छ भने सदस्यहरुमा सिता रेग्मी र ताराकुमारी लम्साल रहेका छन् ।

सँस्थामा हाल सेयर पुँजी रु १ लाख ६५ हजार रहेको छ । हाल ३५ जना सदस्यहरु रहेको सँस्थाले सुचना र सञ्चार क्ष्ोत्रमा काम गर्दै आएको छ । सँस्थाले अमलाचौर, पैयुँपाटामा लेण्डलाईन विस्तारका लागि सर्वेक्षण गरिसकेको र आउँदो चैत्र सम्ममा सञ्चालनमा ल्याउने सुवेदार टेक वहादुर रोकाले वताए ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएको सँस्थाले पयुँपाटामा प्राविधिक शिक्षा तालिम केन्द्रको निर्माण र कम्पुटर इन्स्चीच्यूट कक्षा सञ्चालन गर्न पहल गर्ने सुवेदार रोकाको भनाई छ ।

सँस्थाका निवर्तमान अध्यक्ष प्रकास सुवेदी रखालको अध्यक्षता, बलेवा सामुदायिक वहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडकाका अध्यक्ष उमानाथ शर्मामो प्रमुख आतिथ्थता रहेको कार्यक्रममा तारादेवी शर्मा लम्सालको स्वागत मन्तव्य र सुवेदार टेक वहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *