भूकम्प पीडितहरुले सहज रुपमा घरहरु पुननिर्माण गर्न पाउनु पर्छ – उपप्रमुख भुसाल

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ पुस २४ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले भुकम्प पीडितहरुले सहज रुपमा घरहरु पुननिर्माण गर्न पाउनु पर्ने वताएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईको आयोजना तथा जिल्ला समन्वय समिति बागलुङको संयोजनमा बडीगाड गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन् । कर्मचारीहरुलाई काममा सहजिकरण गरिदिन आग्रह गर्दै भुसालले कुनै पनि पीडित छुट्न नहुने पनि बताए ।
कार्यक्रममा सहभागिको तर्फवाट बडीगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष हिमा खरेल, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ लगाएतले वोलेका थिए ।

सो अभिमुखिकरण कार्यक्रमको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईका केन्द्रिय प्रशिक्षक मोति लामिछानेले सहजिकरण गर्दै योजना लागत, सम्झौता, भुक्तानि लगाएतको विषयमा जानकारी गराएका थिए भने इन्जिनियर विनोद नेपालले प्राविधिक पक्षको वारेमा जानकारी दिएका थिए ।

कार्यक्रम बडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, वडा नं. २ का सचिव गिता पौडेलको स्वागत मन्तव्य तथा जिल्ला समन्वय समिति बागलुङका सुचना अधिकृत अखिलनाथ शर्माको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.