बलेवा एकता साकोसको छैठौ साधारणसभा सम्पन्न !

बागलुङ, २०७३ पुस १६ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले गरिवी निवारणका लागि सहकारी व्यवसायलाइ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणस्थान बागलुङको छैठौ वार्षिक साधारणसभाको शनिवार पछि बोल्दै जिसीले यस्तो बताएका हुन् ।

उनले आयात प्रतिस्थापनका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमा जोड दिदै उहाँले त्यसका लागि सहकारी क्षेत्रलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्न आग्रह गरेका थिए ।

विपन्न समुदायको आर्थिक तथा सामाजिक अवस्थामा सुधार गर्नका लागि कृषि, पशुपालन, घरेलु उद्योग लगायतका क्षेत्रमा सहकारीको लगानी विस्तार गर्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार शिव शर्माले सहकारीहरु सहकारी क्षेत्रले मुलुक आर्थिक विकासमा पु¥याएको योगदानको सही मूल्यांकन हुनु पर्नेमा जोड दिएका थिए ।

संस्था आर्थिक वर्ष २०७२÷०७३ मा ३६ करोड बराबरको कारोबार गरेको कोषाध्यक्ष रेशम शर्माले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष ढुण्डीराज शर्माको अध्यक्षता, उपाध्यक्ष दिपेन्द्र खड्काको स्वागत र सचिव भरत पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । ं
संस्थाले वचत तथा ऋणको कारोबारसंगै रेमिट्यान्स, सदस्य आवास कार्यक्रम, सुत्केरी भेटघाट, औषधी उपचार, दुर्घटना राहत, सामाजिक सुरक्षा भत्ता, चौरासी पुजा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
साधारणसभामा प्रगति प्रतिवेदन सचिव भरत पौडेल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेशम शर्मा, लेखा समितिको प्रतिवेदन संयोजक प्रकाश चपाई र व्यवस्थापनका बारेमा प्रवन्धक आशिष सुवेदीले जानकारी गराएका थिए ।
साधारणसभाले दिपेन्द्र खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष भरत पौडेल, सचिवमा रेशम शर्मा, सहसचिवमा गीता शर्मा र कोषाध्यक्षमा यज्ञप्रसाद रखाल चयन भएका छन् । समितिका सदस्यहरुमा हिरोश शर्मा, कर्णबहादुर क्षेत्री, खगेन्द्र जिसी, कृष्ण केसी, थपप्रसाद शर्मा र डिलबहादुर हरिजन चयन भएका छन् ।
साधारणसभाले प्रकाश चपाई संयोजक तथा सुमन गौडेल र भूपेन्द्र क्षेत्री सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.