होली पूर्णिमाको अवसरमा क्लबको ३३ औं वार्षिकोत्सव मनाईने

गल्कोट २०७४ पुस २४ । खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ वि।सं २०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको बैठक आज सम्पन्न भएको छ ।

बैठकले होली पूर्णिमाको अवसरमा आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म आयोजना गरेको क्लबको ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेलामा जनप्रतिनिधी, २ जना ज्येष्ठ नागरिक, २ जना समाजसेवी, १ जना सफल युवा व्यावसायी, २ जना पूर्व खेलाडी र संस्थाका पुर्व अध्यक्षहरुलाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।

सो अवसरमा ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेलामा आयोजना गरिएको विभिन्न प्रतियोगिताका पुरस्कारहरु समेत निर्धारण गरिएको छ जस अन्तरगत नया संरचना अनुसारको वडा स्तरिय पुरुष भलिबलमा प्रथम पुरस्कार रु ५० हजार, द्वितिय पुरस्कार रु ३० हजार र सान्तवना ११ र ११ हजार २ समुहलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै खुल्ला सामुहिक नृत्य तर्फ प्रथम पुरस्कार रु १५ हजार, द्वितिय पुरस्कार रु १० हजार र तृतिय पुरस्कार रु ५ हजार, नयॉ संरचना अनुसार पुरुष तथा महिला रस्साकसी प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु ५ हजार ५ सय र द्वितिय पुरस्कार रु ३ हजार ३ सय निर्धारण गरिएको छ । खुल्ला कृषि मेला प्रदर्शनीको लागि कृषि विकास समिति वडा नं ७ सॅग छलफल गरि पुरस्कार निर्धारण गर्ने निर्णय गरिएको सचिव सावित्री थापाले जानकारी दिईन्।

बैठकले संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रमा मिटरबक्स माग गर्ने, खेलमैदानको उचित संरक्षण र सम्वर्धनको निमित्त विभिन्न निकायमा तारजाली माग गर्ने निर्णय समेत गरेको छ ।

बैठक घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *