पुस २७ गते बागलुङमा पृथ्वी जयन्ती मनाईने

कोपिला कंडेल, बागलुङ २०७४ पुस २४ । २ सय ९६ औ पृथ्वी जयन्ती एबं राष्ट्रिय एकता दिवस बागलुङमा पनि मनाईने भएको छ । नागरिक समाज मुल समारोह समिति बागलुङले यहि पुस २७ गते पृथ्वी जयन्तीलाई भब्यरुपमा मनाउने निर्णय गरेको हो ।

नागरिक समाज मुल समारोह समितिका संयोजक शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीलाई जिल्ला स्थित बिभिन्न सघंसंस्था, राजनीतिक दल पत्रकार लगायतको रोहबरमा मनाउने निर्णय गरेको राधाकृष्ण मन्दिर सेवा समितिका सचिव हरि प्रसाद उपाध्यायले बताए ।

पृथ्वी जयन्ती एबं राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले देशभरका सबै सरकारी कार्यालय एबं बिदेश स्थित नेपाली नियोग समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दिवसलाई मनाउनका लागि अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय समिति समेत गठन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.