गनपामा शिक्षा क्षेत्र सञ्चालन र ब्यवस्थापनको लागी कार्यबिधि निदेर्शिका तर्जुमा

गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस २४। गल्कोट नगरपालिकाले शिक्षा क्षेत्र सञ्चालन र ब्यवस्थापनको लागी कार्यबिधि निदेर्शिका तर्जुमा गरेको छ । स्थानीय शिक्षा ऐन तथा नियमावलीहरु तर्जुमा भै नसकेको अवस्थामा विभिन्न सामुदायिक विद्यालयमा रिक्त रहेका शिक्षक पदमा पदपुर्ती समेत गर्न अफ्ठ्यारो परेको अवस्थामा नगरपालिकाले नियमावली तर्जुमा गरेको हो ।

कार्यबिधि बनेपछी नगरका शिक्षा सँग सम्बन्धित समस्याहरु समाधान गर्न सहज भएको नगर प्रमुख भरत शर्माले बताए ।

कार्यबिधिले विभिन्न विद्यालयहरुमा रिक्त रहेका विभिन्न तहका शिक्षकहरुको करार पदपुर्तीको बाटो खुल्ला भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले बताए । अधिकृत सुवेदीले नगर क्षेत्रभित्रका सबै विद्यालयका सबै शिक्षकहरुको ब्यक्तिगत बैँक खाता खोली मासिक रुपमा सम्बन्धीत ब्यक्ती कै ब्यक्तिगत खातामा तलब भत्ता भुक्तानी दिन थालिएको जानकारी गराए ।

गल्कोट नगरपालिकामा शिक्षा मन्त्रालयले खटाएको शिक्षाका कर्मचारी नआएपनि नगरपालिकामा शिक्षा सँग कुनै पनि काम नरोकिएको प्रमुख प्रशासकिय अधिकृत सुबेदीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.