गल्कोट नगरपालिकामा वडा सचिवको अभाव, आठ वटा वडा चार जना सचिवले हेर्छन !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ पुस २४ । सरकारले स्थानीय तहमा प्रमुख कार्यकारी खटाए पनि गलकोटका वडा कार्यालयमा भने वडा सचिवले दोहोरो जिम्मेवारी लिइरहेका छन् । स्थानीय तह घोषणा हुनुअघि साबिकै गाविस अहिले वडा कार्यालयमा रूपान्तरण भएको र उक्त वडा कार्यालयमा अहिले पनि वडा प्रमुख पर्याप्त नहुँदा एउटै वडा सचिवले दुईदेखि तीन वटासम्म वडाको जिम्मेवारी सम्हालेका छन् ।

गाउँपालिका र नगरपालिकामा जिल्लास्थित विषयगत कार्यालयका कर्मचारीलाई वडा सचिव लगायतका जिम्मेवारी प्रदान गर्न प्रमुख जिल्ला अधिकारीलाई अख्तियारी दिए पनि वडा कार्यालयमा अहिले पनि वडा सचिव पर्याप्त नभएको गल्कोेट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले बताए ।

गलकोट नगरपालिका भित्रका करिब ४ वडामा सचिव छैनन । ती वडामा नजिककै वडामा रहेका वडा सचिवले जिम्मेवारी बहन गरिरहेका छन् ।

कार्यकारी अधिकृत सुवेदीका अनुसार, “वडा सचिवको अभावमा स्थानीयको काम नै भने ठप्प भएको छैन तर वडा सचिवलाई दोहोरो जिम्मेवारी भने यथावत् छ । ”

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले जिल्लाको विषयगत कार्यालयका कर्मचारीलाई वडा सचिव बनाएर पठाउने जिम्मेवारी भए पनि अधिकांश वडामा साबिककै गाविस सचिवले दुईदेखि तीनवटा वडा प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् ।

यसै बिषयमा नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीलाई गलकोट नगरपालिका भित्र कर्मचारीको ब्यवस्थापन कस्तो छ ? भनि जिज्ञासा राख्दा, सुवेदीको भनाई थियो, ‘वडा कार्यालयले स्थानीयका साधारण तर महत्वपूर्ण काम गर्नुपर्ने हुन्छ । खासगरी पञ्जीकरण अन्तर्गत जन्म, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, सम्बन्ध विच्छेद सम्बन्धी घटना दर्ता, विभिन्न प्रकारका सिफारिस, वडाभित्रको विकास निर्माणका योजना र कार्यान्वयन लगायतका काम गर्नुपर्ने हुन्छ । गाउँपालिका र नगरपालिकामा कार्यकारी प्रमुख नियुक्ति भएसँगै वडा सचिवको जिम्मेवारी कम हुने भए पनि वडा सचिव नै नहुँदा सेवाग्राहीको कार्यसम्पादनमा भने असहजता हुने गरेको छ ।’

गलकोट नगरपालिकाका करिब ४ वडामा सचिवहरुले दाहोरो काम गरिरहेका छन । जसअन्तगर्त गलकोट नगरपालिका वाड नम्बर २ र ४ मा आनन्द्रप्रसाद शर्मा, ५ र ६ मा काशिराम शर्मा, ६ र ७ मा जोतिन्द्र चापागाई र ८ र ९ मा सुवास सुनार रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.