सकियो बागलुङ महोत्सव : बाउवासंघका महासचिव भन्छन, ‘आशा गरे जस्तो भएन कारोबार !’

नगरप्रमुख पौडेल र आयोजक अध्यक्ष भारीले भने, ‘लक्षानुसार कारोवार भयो!’

दोहोरी गीत प्रतियोगितामा काठमाडौँको गामवेसी दोहोरी साँझ टीम प्रथम

किरण आचार्य/कोपिला कंडेल, बागलुङ २०७४ पुस २३ । बागलुङ सदरमुकाममा सञ्चालन गरिएको पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला आज सकिएको छ ।

मेलाको समापन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पाँचौ बागलुङ महोत्सव प्रदेश नम्वर ४ कै पर्यटकीय गन्तब्य र ब्यापारिक पर्बद्धनका लागि महत्वपूर्ण रहेको बताए । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेल तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले महोत्सवमा लक्ष्य अनुसारको पर्यटक भित्र्याएको र सोचे अनुसारको कारोबार गरेको बताए ।

तर, बाउवासंघका महासचिव दयाराम पौडेलले महोत्सवमा २० करोड भन्दा बढीको कारोवार हुने आशा गरेपनि १० दिनमा ७ करोड कारोबार गरेको जानकारी दिए । विगतका बागलुङ महोत्सव बागलुङ कालिका मन्दिरमा लाग्ने चैतदशैँ मेलालाई छोपेर महोत्सव गर्ने गरेकोमा अहिले बेसिजनमा महोत्सव राखेकाले आकांक्षा अनुसार कारोबार नभएको महासचिव पौडेलले ईबागलुङ संग बताएका छन् ।

उता १० दिन सम्म संचालित महोत्सवमा करिब ४० हजार बढि टिकट बिक्रि भएको उद्योग बाणिज्य सघंका कोषाध्यक्ष एबं टिकट ब्यवस्थापन समितिका संयोजक बिदेश कुमार श्रेष्ठले जानकारी दिए भने मेलामा उद्योग बाणिज्य सघं अन्तर्गतका उद्योगी ब्यापारीले सदस्यता रिन्यु सहित अग्रिम पास लिएर मेला अवलोकन गरेको एबं बिभिन्न बिद्यालयका बिद्यार्थीको परिक्षा संचालन भैरहेको र चैते दशैका बेला गरिने मेला यसपटक पुस महिनामा गरिएका कारण मेलामा टिकट लिएर मेला अवलोकन गर्नेको संख्यामा केही कमी आएको प्रचार प्रसार समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताएका छन् ।

मेला समापनका अवसरमा बिभिन्न आयोजक तथा सहआयोजक लगायत बिभिन्न सहायोगी सघंसंस्था र पत्रकारलाई मायांको चिनो प्रदान गरिएको थियो ।कार्यक्रम बागलुङ्ग उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच बागलुङ उद्योग बाणिज्य सघंले नेपाल पत्रकार महासघं बागलुङ शाखाको भवन निर्माणका लागि २ लाख ५० हजार रुपयाँ आर्थिक सहयोग गरेको छ । पूर्व सहमति अनुसार प्रतेक टिकटमा ३ रुपयाका दरले महासघंलाई सहयोग गर्ने सहमति भएपनि टिकटबाट उठेको रकम कम हुने भन्दै उद्योण बाणिज्य सघंले एकमुष्ट २ लाख ५० हजार रकम प्रदान गरेको हो ।

सो रकम महोत्सवको समापन समारोहमा उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीले नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए ।
***
मेलामा बाल मेला, उट नाँच, भलिवल, हेलिकप्टर सयर ,दोहोरी गीत प्रतियोगिता, बागलुङमा उत्पादित कृषि प्रदर्शनी मेला, पश्चिमांचलका घरेलु उद्योगबाट उत्पादित बस्तुहरु मेलामा राखिएका थिए ।

पुस १४ गतेदेखि धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा संचालन भएको महोत्सवको आकर्षणको केन्द्र दोहोरी गीत प्रतियोगिताको उपाधि गामवेसी दोहोरी साँझ काठमाडौले जितेको छ । गामवेसी दोहोरी साँझले फाइनलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाडौलाई पराजीत गरि खुल्ला दोहोरी गीत प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधीसंगै गामवेसी दोहोरी साँझले नगद ७५ हजार ५ सय ५५ रुपैया प्राप्त् गरेको छ । व्दितीय स्थानमा चित्त बुझाएको उपत्यका समन्वय समिति काठमाण्डौले ३० हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । बिभिन्न स्थानवाट १६ समुहले सहभागीता जनाएको प्रतियोगिताको तेस्रो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा र म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दी भएको आयोजकले जानकारी दिए ।

महोत्सवको आकर्षण रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता छन्त्याल कन्स्ट्रक्सनले जितेको छ भने महिला भलिबल प्रतियोगिता दर्शन ट्रान्सपोर्ट टिम विजयी भएको छ । उता महोत्सवमा आयोजित लोकनृत्य प्रतियोगिता रोट्रयाक्ट क्लव अफ बागलुङ समुहले जितेको छ ।

महोत्सवको आखिरी दिन हेलिकप्टरबाट विभिन्न स्थानको अवलोकन गराईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.