प्रगतिशील पत्रकार संघको बुर्तिवाङमा भेला सम्पन्न, अध्यक्षमा घर्तीमगर !

कुम्बिर बिश्वकर्मा, बुर्तिबाङ २०७३ माघ २१ । राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघ नेपाल बुर्तिबाङ शाखाको भेलाले रेडियो परिवर्तन, बुर्तिवाङका प्रस्तोता प्रसान्त घर्ती मगरलाई अध्यक्षमा चयन गरेको छ।

९ सदस्यीय नयाँ कार्य समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश सुमन सुनार, मिलन हमाल, कुम्बिर बि क र जानुका खरेल रहेका छन् । सदस्यहरुमा रमिता पुन मगर, गोपाल बुढा मगर, प्रकाश बुढा मगर, पुष्पा कडेल रहेका छन् ।

प्रगतिशील पत्रकार संघ बुर्तिबाङ शाखाको सल्लाहकार समिती उत्तम बहादुर महतको सयोजकत्व मा ३ सदस्यीय गठन गरिएको छ जसको सदस्यमा क्रमश लोकेन्द्र सुनार, रामनारायण सुबेदी रहेका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भेलाले सर्वसम्मत नेतृत्व छान्न सवै पेशा गत संघसंगठन संग बार्ता र छलफलका लागि थप तयार गर्ने निर्णय गरेको छ ।

यसैबीच भेलाले बुर्तिबाङ क्षेत्रमा रहेका प्रगतिशील विचार राख्ने पत्रकारहरुलाई संगठित गर्दै लैजाने, सदस्यता वितरण तथा नविकरण गर्ने र विभिन्न विधामा पत्रकारिता तालिम सञ्चालनका लागि तत्काल पहल थाल्न उपल्लो निकायमा जानाकारी गराउने निर्णय भएको छ ।

यस्तै नेपाल पत्रकार महासंघको फागुन ३ मा हुने छैठौं अधिवेशनमा संघका तर्फबाट प्रतिनिधित्व गर्ने उमेदवारहरुलाई निर्वाचित गर्न आवश्यक सक्रियता बढाउने निर्णय भएको छ । त्यसको व्यवस्थापनका लागि समितिका पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ ।

संघका जिल्ला अध्यक्ष राम सुवेदी तथा उपाध्यक्ष लोकेन्द्र सुनारको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । भेला पछि उपशाखाको पहिलो बैठक समेत सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.