उत्तरगंगा माविमा अर्थशास्त्र विषय पढाई नभएको भन्दै नगरप्रमुख समक्ष उजुरी

टिकाराम भट्टराई, बुर्तिबाङ २०७४ पुस २३ । ढोरपाटन नगरपालिका वडा न १ बुर्तिबाङमा रहेको उत्तर गंगा माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११र १२ का विधार्थीहरुले आफ्नो सबै विषय पढाई हुनुपर्ने माग गर्दै ढोरपाटन नगरपालीकाका प्रमुख देब कुमार नेपाली समक्ष निवेदन पेश गरेका छन् ।

उत्तरगंगा माध्यमिक बिद्यालयमा कक्षा ११ को अर्थशास्त्र बिषयको पढाई नै सुरु नगरिएको , कक्षा १२ को ३ महिना यता अर्थशास्त्र बिषयको पठनपाठन रोकिएकोमा बिद्यालयका शिक्षकले कुनै चासो नदेखाएकाले परीक्षा मिति नजिकिदै गर्दा पनि बिद्यार्थीले पढ्न नपाएको , विद्यालयमा विद्यालय व्यवस्थापन समिति एवंम प्रअको टुङ्गो नभएको भन्दै अन्तिम विकल्पको रुपमा नगरपालिकामा पुग्नुपरेको बिद्यार्थीहरुले नगरप्रमुख नेपाली समक्ष सो निबेदन पेश गरेका हुन ।

निबेद्न बुझ्दै नगरप्रमुख नेपालीले बिद्यार्थीको माग जायज रहेको बताउदै , बिद्यालयमा रहेको यी बिबादलाई एक महिनाभीत्रै समाधान गरिदिने बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *