सञ्जालले ढोनपामा बुझायो ४ बुँदे ज्ञापनपत्र : तत्काल माग पूरा गर्न नगर प्रमुख नेपाली प्रतिबद्ध !

सुमन सुनार, बुर्तिबाङ २०७४ पुस २३ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको स्वतन्त्र युवा सञ्जालले आज ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली समक्ष ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

सञ्जालले बुर्तिबाङ बजारमा स्वास्थ्य, शिक्षा, खानेपानी र बजार ब्यवस्थापनमा देखिएका समस्या समाधानको माग गर्दै आज नगरपालिकाको कार्यलयमा पुगी नगर प्रमुख नेपालीलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट महिलाहरुले विगत २ बर्ष देखि प्राप्त गर्दै आएको सुरक्षित मातृत्व प्रजनन सुविधा अन्तर्गत विगत ६ महिना देखि अप्रेशन सेवा रोकिएका कारण उक्त सेवाबाट बञ्चीत हुदा यस क्षेत्रका महिला र शिशुहरुले अकालमानै ज्यान गुमाउनुका साथै यति सुविधाका लागी पनि ठुलो धनराशी खर्च गरि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै नगरपालिकाबाट त्यसको ब्यवस्थाको विशेष माग गरिएकोे छ ।

यस्तै बुर्तिबाङ बजार क्षेत्रका जनतालाई हेरक बर्ष चैत्र महिना देखि असार महिनाको पहिलो हप्ता सम्म पानीको अभाव हुने गरेको भन्दै त्यसको पुर्तिको माग, बुर्तिबाङ िस्थत उत्तरगंगा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै विद्यालय ब्यवस्थापनका लागी स्थानिय सरकारबाट पहलको माग र बजार क्षेत्रमा ढल निकास नहुदा बाटो हिलाम्य तथा जथाभावि फोहोर मैलाका कारण बजार क्षेत्र कुरुप बन्दै गएको भन्दै त्यसको ब्यवस्थापनका माग सहित ज्ञापन पत्र बुझाईएको सञ्जालका सदस्य गोपाल महतले बताए ।

सञ्जालका सदस्यहरुद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्र बुझ्दै नगर प्रमुख देवकुमार नेपालीले निकै महत्वपुर्ण कुराहरुको माग सञ्जालले गरेको भन्दै ज्ञापनपत्रमा उल्लेखित सवै समस्याको समाधानका लागी नगरपालिकाले तत्काल पहल थाल्ने प्रतिबद्धता जनाए ।

नगर प्रमुख नेपालीले नगरपालिकाले बजेट विनियोजन गर्दा समेत शिक्षा, स्वास्थ्य र खानेपानीलाई विषेश प्राथमिकता दिएको भन्दै नगरपालिकाले स्वास्थ्य केन्द्रमा जनशक्ति अभावका कारण रोकिएको अप्रेशन शल्यत्रिया सेवा सञ्चालन गर्न आफुले विशेष पहल गर्ने बताए । शिक्षा र खानेपानीमा देखिएका समस्या समाधानका लागी नगरपालिकाले अनुगमन तथा ब्यवस्थापनका लागी योजना समेत बनाएको उनकाे भनार्ई छ ।

नगर प्रमुख नेपालीले बुर्तिबाङ क्षेत्रमा देखिएका समस्याहरुलाई छिटो भन्दा छिटो निर्मुल पार्ने प्रयासमा लागेको भन्दै समृद्ध नगर निर्माणका लागी यसरीनै सवैको साथ आवश्यक रहेको उहाँको भनार्ई छ । सञ्जालले बजार क्षेत्रमा रहेका समस्याहरु नगरपालिका सम्म लिएर आउनु निकै खुशीको कुरा रहेको बताउदै यस्ता समस्याहरुमा नगरपालिकाको ध्यान आकर्षण गराउन हरेक नागरिकको अधिकार रहेको र आवश्यक समेत रहेको नगरप्नेमुख नेपालीले बताए ।

उता सञ्जालले राखेका मागहरुको नगरपालिकाबाट तुरुन्तै कार्यन्वयन हुने अपेक्षा लिएको र नगरपालिकाबाट हुने सकारात्मक काममा सञ्जालको सदैव सहयोग रहने महतको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.