नेपाल मा बि ताराका निवर्तमान प्रधानाध्यापक सुवेदीको विदाई !

पूर्णभद्र निउरे, ताराखोला २०७४ पुस २३ । ताराखोला स्रोतकेन्द्रले आईतवार एक कार्यक्रमको आयोजना गरि सेवानिबृत्त शिक्षक तथा नेपाल मा बि ताराका निबर्तमान प्रधानाध्यापक भिमनाथ सुवेदी लाई बिदार्इ गरेको छ ।

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ३ शान्तिपुर घर भै ३५ बर्ष शिक्षण पेशामा अभिछिन्न रुपमा एउटै बिद्यालयमा बिताएका सुवेदी २०३९ साल देखि माध्यमिक तहको दरबन्दीमा कार्यरत थिए । उमेरले अनिवार्य अबकास लिएका सुवेदी गत कार्तिक १२ गते बिद्यालयबाट अबकास पाएका थिए।

बिदाइ कार्यक्रममा बोल्ने सेवानिबृत्त प्रअ भिमनाथ सुवेदीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती , नेपाल मा बि तारा का नब नियुक्त प्र अ थम प्रसाद रोका, दुर्गा भवानी मा बि ताराका प्रधानाध्यापक टेक बहादुर घर्ती , अमर प्रा बि अर्गल सिलेका प्रधानाध्यापक प्रमानन्द गौतमले बिदाइ मन्तव्य राखेका थिए ।

यसैगरी अवकासप्राप्त प्रअ भिमनाथ सुवेदीले आफ्नो शिक्षण पेशा तथा ब्यबस्थापकीय भुमिकामा रहदा हासिल गरेका अनुभवहरु व्यक्त गरेका थिए।

सोही अबसरमा नेपाल मा बि ताराका नबनियुक्त प्र अ थम प्रसाद रोकालाइ स्रोत केन्द्रको तर्फबाट स्वागत समेत गरिएको थियो ।
कार्यक्रम ताराखोला स्रोतकेन्द्रका स्रोत ब्यक्ती डिल्ली प्रसाद शर्माको अध्यक्षता र अर्गल मा बि अर्गलका प्र अ गणेश बहादुर घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *